हाम्रो निन्द्रा Non-REM र REM चरणहरुको चक्रबाट गुज्रन्छ।

REM – Rapid Eye Movement, अर्थात निन्द्राको यो चरणमा आँखाको नानी विभिन्न दिशामा छिटो छिटो चल्छ। तर Non Rapid Eye Movement (Non-REM) चरणको निन्द्रामा भने यस्तो हुँदैन।

निन्द्राको पहिलो चरण हो, non-REM निन्द्रा। लगतै छोटो अवधिको REM चरणको निन्द्रा सुरु हुन्छ। र पुरै निन्द्रा भर REM र non-REM चरणका निन्द्राको चक्र चलिरहन्छन्।

सामान्यतया सपना REM चरणमा देखिन्छ। यदि कुनै सुतेको व्यक्तिको आँखा तिव्र गतिमा चलिरहेको छ भने उसले सो समय सपना देखिरहेको हुन सक्दछ।

Non-REM निन्द्रामा के हुन्छ ?

Non-REM निन्द्राको तीन वटा चरण हुन्छ। प्रत्येक चरणको अवधि ५ देखि १५ मिनेटसम्म हुन्छ। REM चरणको निन्द्रा अघि Non-REM को तीनै वटा चरणबाट गुज्रनुपर्छ।

पहिलो चरणः आँखा बन्द भएको हुन्छ। निन्द्राबाट सजिलै जगाउन सकिन्छ। यो ५ देखि १० मिनेटको अवधिसम्म रहन्छ।

दोस्रो चरणः निन्द्रा पातलो हुन्छ। मुटुको धड्कनको गति कम हुन्छ। शरिरको तापक्रम घट्न थाल्छ। शरिर गहिरो निन्द्राको लागि तयार हुन्छ।

तेस्रो चरणः यो निन्द्राको गहिरो चरण हो। यो चरणमा भएको व्यक्तिलाई निन्द्राबाट जगाउन गाह्रो हुन्छ। र यदि जागिहाले केही मिनेटसम्म फोकस गर्न सक्दैन।

Non-REM को यो गहिरो निन्द्राको चरणमा शरिरले आफ्नो मर्मत गर्छ। टिस्यु, हाड तथा मसल्सको वृद्धि र विकास तीव्र हुन्छ। शरीरले आफ्नो रोग प्रतिरोध क्षमता पनि यहि चरणमा बलियो बनाउन पाउँछ।

जति उमेर बढ्दै जान्छ, यो चरणको निन्द्रा घट्दै जान्छ। अर्थात निन्द्रा पातलो र छोटो हुन्छ।

REM चरणको निन्द्रामा के हुन्छ?

पहिलो REM चरण निदाएको करिब ९० मिनेट पछि सुरु हुन्छ। पहिलो REM चरण करिब १० मिनेट अवधिको हुन्छ। त्यसपश्चातका REM चरणहरुको अवधि बढ्दै जान्छ। अन्तिम REM चरण १ घण्टासम्म लामो हुन सक्दछ।

यो चरणमा मटुको धड्कन र स्वासको गति बढ्छ।

यसै चरणमा सपना देखिन्छ। किनकी दिमागको सक्रियता निकै बढेको हुन्छ।

बच्चाहरु आफ्नो निन्द्राको झण्डै ५० प्रतिशत समय REM चरणमा बिताउँछन्। तर वयस्कको REM चरणको अवधि पुरा निन्द्राको मात्र २०% हुन्छ।

यो पढ्नुस्ः नयाँ अनुसन्धान भन्छ मिठो निन्द्राले चमचमाउँछ छाला