१ पुस, काठमाडौं । मंसिर महिनाभर लगातार घटेको सुनको भाउ पुस महिनाको पहिलो दिन पनि ह्वात्तै घटेको छ ।

२० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

हिजोको तुलनामा सुन आज तोलामा चार सय रुपैयाँ घटेर ५१ हजार ७ सय रुपैयाँमा पुगेको हो । यसअघि छापावाल सुन हिजो ५२ हजार १ सय रुपैयाँ तोलामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको भाउ घटिरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

जव किम जोङ उनले आफ्ना सैनिकलाई दिएको आदेश भुले . . .

व्यवसायीले सुन तोलाको ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरेका छन् । केही दिन स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । आज तोलाको २५ रुपैयाँ घटेर ७ सय ६५रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।