१ पुस, काठमाडौं ।

एसिसी यु १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल टेस्ट टोली श्रीलंकाविरुद्ध जित नजिक पुगेर पनि पराजित भएको थियो ।

भारतविरुद्धको खेलः नेपालले पहिलो इनिङमै राख्यो रेकर्ड

अन्तिम ओभरमा ८ रन चाहिँदा दिपेन्द्र ऐरीले छक्का हान्दा नेपाली टोली जित उन्मुख नभएको पनि होइन तर, दुई तीन बल बाँकी छँदै अन्तिम विकेटको रुपमा ऐरी एलविडब्ल्यु धरापमा परेपछि नेपाल ऐतिहासिक जितनजिक पुगेर पनि पराजित भएको थियो ।

nagarkoti-u-19-india

लगत्तैको दोस्रो दिन आज नेपालले अर्को टेस्ट टोली भारतविरुद्ध प्रतिस्पर्धा गर्दा भारतको टिममा एक खेलाडी नेपाली मूलकै छन् । बलर कमलेश नगरकोटी नेपाली मूलका हुन् ।
उनै नगरकोटीलाई रोहितकुमार पौडेलले अन्तिम ओभरमा २४ रन हानेका थिए । पौडेलले पहिलो बलमा कुनै रन लिन सकेनन् ।

जव किम जोङ उनले आफ्ना सैनिकलाई दिएको आदेश भुले . . .सैनिकहरु रुन थाले

दोस्रो बलमा छक्का त्यसपछि लगातार दुई चौका र त्यसपछि छक्का र अन्तिम बलमा चौका हान्दै २४ रन जोडेका हुन् । साथै, उनले ९३ बलमा ६८ रन पनि बनाउन सफल भए ।
श्रीलंकाविरुद्ध दिपेन्द्र ऐरीले सर्वाधिक ९० रन हाने पनि नेपाल हार्न पुगेको थियो ।

सम्पतिको नाममा उडाउनेहरुलाई प्रचण्डले दिए मुखभरिको जवाफ

यता भारतविरुद्ध भने नेपालमूलकै नगरकोटी अन्तिम ओभरमा महंगो सावित हुन पुगे । नगरकोटी राजस्थानबाट भारतको युवा टोलीमा खेल्छन् । उनको उमेर १६ वर्ष छ ।