काठमाडौं ।

नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतले करिव ५ महिना पछि अघिल्लो साता मुख्य नाका वीरगञ्जको अवरोध हटायो । नेपालमा संविधान जारी भएपछि असोज पहिलो साता भारतले नाकाबन्दी गरेको थियो । भारतले नाकाबन्दी लगाएको केही दिनपछि मात्र नाका अवरोधको आन्दोलन घोषणा गरेका मधेशी मोर्चाका नेताहरुले भारतले नाका खोल्दा पनि २ दिन पछि मात्र औपचारिकरुपमा नाका अवरोध आन्दोलन फिर्ता भएको घोषणा गर्‍यो ।

मधेशी नेताहरु जति चिच्याएपनि लोकले सजिलै बुझेको कुरा थियो नाकाबन्दी भारतले लगाएको हो र यो भारतले खोलेपछि खुल्छ । हुन पनि यस्तै भयो । तर नाकाबन्दी गरेर नेपालमाथि अनावश्यक पीडा थोपर्ने भारतलाई पछिल्लो पटक पूर्वप्रधानमन्त्री एवै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले भने सजिलो पाारिदियो । यही मौका पारेर नेपालमाथि नाकाबन्दी थोपर्ने मुख्य शुत्राधार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल समेत काठमाडौं आएका छन् ।

Sushma Swaraj at New Delhi Airport

विदेश मन्त्री सुष्मा स्वराजले यो टोलीको नेतृत्व गरेपनि अजित डोबललाई नै भारतीय प्रतिनिधि मण्डलको प्रमुख मानिएको छ ।

Sushma swaraj with President vidya

अजित डोबलको टोलीले काठमाडौं ओर्लिएको केही घण्टामै नेपालका राष्ट्रपति देखि प्रधानमन्त्री सम्मलाई भेटेर कुराकानी गरिसकेको थियो । भारतीय टोलीको भ्रमणलाई भारतीय विदेशमन्त्रालयले नेपालको दुःखमा भारतको साथ भन्ने स्टाइलमा निक्कै प्रचार गरिरहेको छ । नेपालमा नाकाबन्दी लाग्दै नलागेको दावी गर्ने भारतीय विदेशमन्त्रालयका प्रवक्त विकाश स्वरुपले भारतीय टोली काठमाडौं आए देखि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटे सम्मका हरेक पलका अपडेट गरिरहेका थिए ।

Sushma swaraj with PM Oli

त्यसैगरी केही समय भित्रै कांग्रेसका उपसभापति रामचन्द्र पौडैल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र विदेश विभाग प्रमुख सुजाता कोइरालासँग पनि भेटेको थियो । कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गरे लगत्तै स्वराज सहित भारतीय भारतीय टोली बालुवाटार र त्यसपछि शितल निवास पुगेर संक्षिप्त भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमण बारे छलफल भएको थियो ।

को हुन् अजित डोबल

नेपालमाथि करिव ५ महिनासम्म लादिएको अघोषित नाकाबन्दीका प्रमुख शुत्राधार मानिएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल मोदी सरकारमा भने विदेश र खासगरी छिमेकी नीति हेर्ने मुख्य ब्यक्ति हुन् । मोदीका निकट विश्वास पात्र भएका कारण भारतीय जासुसी संस्था रअ र आइबीले पनि आफ्ना रिपोर्टहरु डोबललाई बुझाउने गर्छन् । मोदीले आफ्नो कार्यभार सुम्पिएका डोबल भारतका पुराना तर सफल जासुस हुन् । नेपाली भाषी बस्ने सिक्किमलाई भारतमा विलय गराउँदा डोबलले नै मुख्य योजना बनाएर सफल भएको विश्वास गरिन्छ । मोदीले आफू सत्तामा आएपछि डोबललाई पुनः शक्तिशाली जिम्मेवारी सुम्पिएका थिए । पाकिस्तानका विज्ञ मानिने डोबलले नेपाल नीति पनि हेरिरहेका छन् । सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणको समयमा अपहरणकारीसँग डिल गर्ने पनि उनै डोबल थिए ।

ajit doval

बुधबार प्रकाशित एक साप्ताहिकका अनुसार भारतले नाकाबन्दी खोलेपनि नेपालमा दीर्घकालीन समस्या पैदा गरेर तराइमा नियन्त्रण जमाउने षडयन्त्र बनाएको छ । उक्त साप्ताहिकका अनुसार मधेसकेन्द्रित राजनीति गर्ने दलका नेता बीचमै ठूलो अन्तरविरोध रहेको र त्यसलाई सहयोग गरेर मात्र तराईलाई अलग बनाउन नसकिने बुझाइअन्तर्गत पहिचान र परिचयको नाममा अन्तर्राष्ट्रिय गेम प्लान सुरु गर्ने सम्भावना रहेको छ । भारतले पहिलो कोर्स अन्तर्गत तराईमा एकपछि अर्को गर्दै विभिन्न मुद्दा उठाएर कश्मिर मुद्दाजस्तो कहिल्यै समाधान हुन नदिने र दोस्रो कोर्सअन्तर्गत हत्या र हतियारको राजनीति गर्ने समूहलाई उचाल्ने, सीमावारिबाटै नेपालमा आतंक फैलाउन सक्ने विश्लेषण गरिएको छ ।उसले त्यसका लागि बिहार र उत्तर प्रदेशको भूमि प्रयोग गर्ने र त्यहींकै समूहलाई परिचालित गर्न सक्ने विश्लेषण पनि छ । पछिल्लो सयम नाकाबन्दी खुलेसँगै तराईमा घटिरहेका हत्या हिंसाका श्रृंखालले पनि त्यही संकेत गरेको सेनाको बुझाई छ । तर, नेपालको तराई क्षेत्रलाई अलग पार्ने तत्कालीन योजना नभए पनि त्यसलाई भारतको दीर्घकालीन योजनाका रुपमा सेनाले व्याख्या गरेको छ ।

susma swaraj sushil koirala parthiv sarir shraddanjali (3)

नेपालमाथि नाबन्दी थोपरेर अचाक्ली पीडा दिएपनि भारतले यसको औचित्य पुष्टि गरेको छैन । नेपालको परनिर्भर राजनीति र भारतको आशिर्वादका लागि मरिहत्ते गर्ने नेताहरुका कारण सायद भारतले यसको औचित्य पुष्टि गर्ने धामा गरिराख्नु पर्ने पनि छैन । यद्यपी नाकाबन्दीले धुमिल बनेको छवि सुधार्न र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमण अघि भारतीय ‘ठूल्दाइ प्रवृत्ति’ सहितको सदभाव प्रकट गर्न मोदीले आफ्ना सबैभन्दा विश्वास पात्र अजित डोबललाई नै काठमाडौं पठाएका छन् । ट्याक टू डिप्लोमेसी पनि भनिने यस्तो ब्यवहारका बेला अनेक घातक सम्झौता र सौदाबाजी समेत हुने गरेको बताइन्छ । अजित डोबलको काठमाडौं यात्रापछि कतिपय विदेश मामिला विश्लेषकहरुले शंकास्पद ब्यवहारको आशंका गरेका छन् ।

नेपालमा के छ भारतीय मास्टर प्लान ?

विविसी हिन्दीको फिचर- जन्म बनारसमा, ३ वर्ष भारतको जेलमा

भारतले भन्यो–कोइरालाले आफ्नो मिसन पूरा गरे