१७ जेठ, काठमाडौं ।

संविधानसभाको बैठक २० गतेसम्म स्थगित गर्न मधेशी मोर्चा सहित तिन प्रमुख दलले आग्रह गरेका छन् । बिहान प्रधानमन्त्री शुशिल कोईरालाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बैठक सार्न आग्रह गर्ने निर्णय गरेको हो ।

3 dal ko sirsha neta sanga subash Baithak

बैठकपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भुकम्पका कारण स्थगित भएको संविधान निमार्ण सम्बन्धी छलफल भोलीदेखी फेरी थाल्ने जानकारी दिए । संविधानका बिबादित बिषयमा सहमती गरेर अघि बढेपछि पुननिमार्णमा केन्द्रीत हुन सजिलो हुने उनको भनाई छ ।

संघीयता लगायतका बिबादित बिषयमा भोलीदेखी छलफल थाल्ने प्रचण्डले जानकारी दिए । बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले आजको बैठकमा राष्ट्रिय सहमतिको सरकार लगायत बिषयमा पनि छलफल भएको बताए ।

सहमतीय सरकार गठन गर्ने बिषयमा सैद्धान्तीक सहमति भईसकेको उनको दावी छ । तिन दल र मधेशी मोर्चा बिचको बैठक भोली फेरी बस्ने छ ।