७ बैशाख, काठमाडौं ।

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा चासो देखाएको छ ।

सांसद पवनकुमार सारडाको एसियन बिस्कुटले दिएको उजुरीका आधारमा समितिले कार्यक्षेत्र बाहिरको र अदालतमा समेत विचाराधिन मुद्दामा चासो देखाएको हो ।

कस्तो छ नेपाली सेनाको नयाँ हेलिकप्टर?

गत वर्ष नेपालमा गएको भन्दा ठूला ४ भूकम्प जान सक्छन्- बेलायती पत्रिका

सांसद सारडा सो समितिका सदस्य पनि हुन् । समितिको मंगलवार बसेको बैठकमा सर्वोच्च अदालतमा विचारधिन मुद्धामा छलफल गर्नु नहुने र सार्वजनिक खरिद ऐन अन्तर्गत पर्ने भन्दै सो प्रकरणमा छानविन गर्नु पर्नेमा विवाद देखियो । सामान्य विवादपछि समितिले रक्षा मन्त्रालयसहित सरोकारवालासँग थप छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा रक्षा मन्त्रालयका निमित्त सचिवसहितका अधिकारीले पशुपति बिस्कुटसँग सोझै सम्झौता गर्दा वार्षिक ४२ करोड रुपैयाँ नाफा भएको दाबी गरेका थिए । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाले तीन बर्षका लागि पशुपति विस्कुट उद्योगसँग सिधै विस्कुट किन्ने सम्झौता गरेपछि अन्य विस्कुट कम्पनी अदालत गएका छन् ।