२७ भदौ, सिरहा।

सिरहा नगरपालिका ७ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय जाने बाटोमा आज दिउँसो भेटिएको शक्तिशाली प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । स्थानीय रन्जित यादवको घर अगाडी भेटिएको उक्त शक्तिशाली बम नेपाली सेनाको नयाँ गोरख गण चोहर्बाका बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

siraha kukar bomb (1) (1) बमलाई जिल्ला कृषि विकास कार्यालय सिरहा परिसरमा लगेर डिस्पोज गर्दा ठूलो आवाज आएको थियो । कालो झोलाभित्र भेला परेको प्रेसर कुुकर बम रहेको आशंका गर्दै स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले सेनाको टोलीलाई बोलाएर डिस्पोज गर्न लगाएको छ । बमका कारण स्थानीयबासी त्रसित बनेका थिए ।

siraha kukar bomb (2) (1)