प्रतिमिनेट ३ वटा कार उत्पादन गर्दै आएको ब्रिटिस अटोमोबाइल इन्डस्ट्री पछिल्लो सात वर्षको सबैभन्दा छिटो कार उत्पदान गर्ने कम्पनी हो।

कैयौँ कार निर्माण कम्पनीहरू यस्ता पनि छन्, जसले १ दिन अथवा १ हप्तामा एउटा मात्रा कार बनाउँदछन्। जसमा ‘अल्टिमा इभोल्यूसन’को साथ-साथ अन्य कार कम्पनी पर्छन् जसको स्टाइल, डिजाइन र स्पीड बढी ध्यान दिने गर्छन्।

यी हुन, स्टाइल, डिजाइन र स्पीडको लागि चर्चित ५ कार:

१. अल्टिमा इभोल्यूसन (Ultima Evolution)

सन् १९९२ देखि ‘अल्टिमा स्पोर्ट्स’ कम्पनीले ब्रिटेनमा कार उत्पादन गर्दै आएको छ। यस कम्पनीको सबैभन्दा खास कार हो ‘जिटीआर’। गिनिज बुकमा यस कारको नाम ० देखि १०० माइल प्रतिघण्टाको गतिमा सबैभन्दा कम समयमा पुग्नेवाला कारको वर्ल्ड रेकर्डमा समावेश गरिएको छ। अल्टिमाको सबैभन्दा चर्चित कार हो ‘इभोल्यूशन’।Ultima Evolution

यसमा समावेश भएको ६.८ लिटर को ‘बि८’ इन्जिनको क्षमता १०२० हर्स पावर रहेको छ। इभोल्यूशन कारले ० देखि ६० माइल प्रतिघण्टाको गति केवल २.३ सेकेण्डमा प्राप्त गर्न सक्दछ भने यसको अधिकतम गति २४० माइल प्रतिघण्टा रहेको छ। यसको मूल्य ३८ हजार पाउण्ड देखि ९६ हजार पाउण्डको बीचतिर रहेको छ।

२. अराश एफ ८ (Arash F8)

उद्यमी ‘अराश फारबाउड’ले अराश मोटर कम्पनीको स्थापना सन् १९९९ मा गरेका थिए। एफ ८ कार यस कम्पनीको चौथो अत्याधुनिक कार हो।Arash F8

हाइब्रिड स्ट्रकचर वाला यो कारमा २ वटा सिट रहेको छ। यसमा राखिएको ७ लिटरको बि ८ इन्जिनको क्षमता ५६३ हर्स पावरको रहेको छ भने यसको टर्क (घुम्ने क्षमता) ४७६ पाउण्ड प्रति फीट रहेको छ। यस कारले ० देखि ६० माइल प्रतिघण्टाको गति ३.५ सेकेण्डमा प्राप्त गर्न सक्दछ। यसको अधिकतमा गति २०० माइल प्रतिघण्टा रहेको छ भने यसको मूल्य करीब १.६५ लाख पाउण्ड रहेको छ।

३. एलिमेन्टल आरपी १ (Elemental RP1)

ब्रिटेनको ‘सर्रे’मा अवस्थित ‘एलिमेन्टल कार्स’ कम्पनीको सबैभन्दा खास कार हो ‘आरपी १’। यस कारमा २ लिटरको फोर्ड इन्जिन लगाइएको छ, जसको क्षमता ३२० हर्स पावर रहेको छ। यसको तौल करीब ५८० किलोग्राम रहेको छ।Elemental RP1

यस कारले ० देखि ६० माइल प्रतिघण्टाको गति ३.१ सेकेण्डमा प्राप्त गर्न सक्दछ भने यसको अधिकतम गति १६५ माइल प्रतिघण्टा रहेको छ। ब्रिटेनमा यस कारको मूल्य लगभग ८० हजार पाउण्ड रहेको छ।

४. स्पीडब्याक जिटी (Speedback GT)

सबैभन्दा पहिला ब्रिटिस कारोबारी र कारको सौखिन ‘डेभिड ब्राउन’ले ‘स्पीडब्याक जिटी’ मोडेलको कार रिलिज गरेका थिए। स्पीडब्याकको ५ लिटर वाला बि ८ इन्जिनको क्षमता ५१० हर्स पावरको रहेको छ। यसले ० देखि ६० माइल प्रतिघण्टाको गति ४.६ सेकेण्डमा प्राप्त गर्न सक्दछ। यसको मूल्य करीब ५ लाख पाउण्ड रहेको छ।SpeedBack GT

५. लायन हार्ट के (Lyonheart K)

लायन हार्टको डिजाइन सन् २०११ मा तयार भएको थियो। यो कारको डिजाइन ‘ज्यागुवार’को आदुनिक एक्सकेआरबाट प्रभावित भएर बनाइएको हो। ५लिटर वाला बि ८ इन्जिनको क्षमता ५६७ हर्स पावर रहेको छ। यस कारले ३.७ सेकेण्डमा ० देखि ६० माइल प्रतिघण्टाको गति प्राप्त गर्न सक्दछ भने यसको अधिकतम गति १८६ माइल प्रतिघण्टा रहेको छ। यस कारको मूल्य ३.६ लाख पाउण्ड देखि ३.७५ लाख पाउण्ड सम्म रहेको छ।LyonHeart K

यो पनि हेर्नुहोस्-
ओस्कार अवार्डको प्रस्तोतामा प्रियंकाको नाम
संसारकै सबैभन्दा महङ्गा १० चलचित्र
हलिउडका महंगा पहिरन
भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन