२५ पुस, दाङ।
स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् ।

black-back-jackal

तुलसीपुर–८ कटकुयामा स्यालको टोकाइबाट स्थानीयवासी गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज लामिछाने, सरस्वती लामिछाने, वृद्धिराम चौधरी र विन्दु चौधरी घाइते भएको स्थानीयवासी कान्तप्रसाद खरेलले जानकारी दिए।

बहुलाएर गाउँ छिरेको स्यालले घरमा बसिरहेका तथा बाटामा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रासस