२५ पुस, काठमाडौं।

राजा पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय जनसंघर्ष मोर्चाको आयोजनामा यही पुस २७ गते राजधानीको शान्तिवाटिकादेखि सिंहदरवारसम्म तरवार जुलुस गर्ने भएको छ ।

जुलुसको शुरुवात शान्तिवाटिका भित्रको गोरखनाथको मुर्तिमा पुजा अर्चना गरी सिहदरवारस्थित राजा पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरी अन्त्य हुनेछ ।

उक्त जुलुसमा शिवसेना नेपाल, ओमसेना लगायत करिव १०८ जना युवाहरुले तरवार सहितको –यालीमा सहभागिता जनाउने आयोजक ओमसेनाका अध्यक्ष धनबहादुर कुँवरले जनाए । राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाहलाई भुलेर अहिलेका नेताहरुले देश अस्तव्यस्त बनाएको आरोप उनले लगाए ।

राष्ट्रिय एकता कायम गर, देश टुक्रयाउन पाईदैन र संघीयता चाहिदैन भन्दै उक्त जुलुसको आयोजना गर्न लागिएको हो । विगत केही वर्षदेखि राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक बिदा दिने माग बढेपनि यसमा विवाद कायम छ।