२५ असोज, काठमाडौं । शनिबार साँझ ५ बजे चिनियाँ राष्ट्रपति सि जिनपिङ काठमाडौं आउँदैछन् । सिको सुरक्षाको लागि भन्दै देशका तीनवटा सुरक्षा संयन्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

sf7df8f}F,@% c;f]h -/f;;_ M lrlgofF /fi6«klt l; lhglrªsf] ;”/Iffsf nflu vl6Psf cfdL{sf ;”[/IffsdL{x? . t:jL/ M rGb|snf If]qL

सी को सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले काठमाडौं र चिनियाँ राष्ट्रपति सीको सुरक्षा गरिने छ । सी हिड्ने सडकको १०/१० मिटरमा प्रहरी परिचालन गरिएको छ भने उनी हिड्ने बाहेक राजधानीका अन्य सडकहरुमा पनि ५०/५० मिटरको दुरीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।