७ साउन, तनहुँ।
बोलपत्र आह्वान दर्ता गर्न गएका एक व्यक्तिमाथि खुकरी प्रहार गर्ने नौजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।

आह्वान दर्ता गराउन बिहीबार जिल्ला विकास समिति कार्यालमा गएका व्यासनगरपालिका–५ बस्ने वर्ष २७ का विष्णुबहादुर रानामाथि आयुष बरालको टोलीले खुकुरी प्रहार गरेर रानालाई घाइते बनाएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

उक्त घटनामा संलग्न सबै व्यक्तिविरुद्ध मुद्दा दायर गरेर थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकृत सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

जिल्ला विकास समिति तनहुँले आव २०७३-७४ को आन्तरिक आयको ठेक्का सिलबन्दी बोलपत्र आब्हान गत असार १० गतेबाट जारी गरेको थियो ।

प्रहरीले घटनास्थलबाट खुकुरी, चक्कुसमेत बरामद गरेको थियो । खुकुरी प्रहार गर्ने युवकहरुले बोलपत्र दर्ताको लागि पेस गर्न लागिएको आवश्यक कागजपत्र समेत लुटेका थिए ।

जिविस तनहुँले जिविसको क्षेत्राधिकारभित्र पर्ने तीनवटै क्षेत्रअन्तर्गतका घाटमा पर्ने सेती नदी घाट, हलेदीघाट, तालबँेसीघाट, साखरबेनीघाट, नारीघाट, मार्कीचोकघाट, मादीसेती काहुँशिवपुरघाटलगायतका २० वटा घाटमा आन्तरिक खरिद बिक्रीका लागि ढुङ्गा, गिट्टी र बालुवाका लागि बोलपत्र आव्हान गरेको थियो ।

उक्त जिविसले जिल्लाको विभिन्न घाटको गरी रु तीन करोड ५० लाखको न्यूनतम बोलपत्र आव्हान गरेको छ । रासस