हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।

महिलासँग गर्नै नहुने १० काम

धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो । धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।

panchak 4

हिँजो अर्थात विहीबार सवा ४ बजे देखि पञ्चक आरम्भ भएको छ । यसको प्रभाव आगामी मंगलबार दिउसो सवा १२ वजे सम्म रहने ज्योतिषशास्त्रीहरुले जनाएका छन् । ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।

जन्मदिनको दिन गर्न नहुने ७ कामः वर्ष नै खराव हुन सक्छ

ज्योतिषका अनुसार जव चन्द्रमा कुम्भ र मीन राशिमा हुन्छ त्यतिबेलत पञ्चक हुन्छ । रामायणकालमा भगवान रामले रावण बध गर्ने समयमा घनिष्ठा नक्षत्र देखि रेवती सम्मका धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उतरा भाद्रपद एवं रेवती) पाँच नक्षत्र उपस्थित थिए । उनीहरुलाई पञ्चक भनिएको थियो ।

panchak 2

रावणको बध भएपछिका ५ दिनलाई पञ्चक भनिएको थियो । पञ्चकको समयमा ५ कमा गर्नु अशुभ मानिन्छ । पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।

पञ्चकमा गर्न नहुने ५ काम

१. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।

२. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।

सूर्य अस्ताउने समयमा भुलेर पनि नगर्नुस् यी ४ काम

३. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।

४. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

५. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ ।

पञ्चकका प्रकार

१ रोग पञ्चक
आइतबार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ । यो समयमा शारीरिक तथा मानसिक तनाव हुन सक्छ ।

२ राज पञ्चक

सोमबार शुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो शुभ पञ्चक मानिन्छ । सरकारी काममा सफलता पाउन चाहनेले यो पञ्चकमा शुरु गर्नु पर्छ ।

३ मृत्यु पञ्चक

शनिबार शुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । यो पञ्चकमा कुनै काम शुरु गर्दा घातक अर्थात मृत्यु समान अशुभ हुन सक्छ ।

४ चोर पञ्चक

शुक्रबार शुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । यो पञ्चकमा यात्रा गर्नु सबैभन्दा खराव मानिन्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ । बुधबार र विहीबार शुरु हुने पञ्चकलाई माथिका नियम लाग्दैन ।