कुशल श्रेष्ठ

केहि वर्ष पहिला एक अमेरीकी सीनेटरले भगवान विरुद्ध मुद्दा हालेका थिए र ‘मृत्यु, विनाश र आतंकवाद’ जस्ता ‘उनका गतिविधिहरू’को लागि अदालतबाट स्थायी निषेधाज्ञा जारी गर्ने माग पनि गरेका थिए।

‘भगवानको कुनै सही ठेगाना छैन त्यसैले उनलाई कानूनी कागज पठाउन सकिँदैन’ भनेर न्यायाधीशले उक्त मुद्दालाई खारेज गरेका थिए।151225100830_jesus_624x351_alamy_nocredit

कैयौँ हिन्दु श्रद्धालुहरू देवी-देवतासँग नजिकको सम्बन्धमा रहने गर्छन्। तापनि केयौँ पटक भगवानलाई समेत अदालतको कठघरामा उभ्याइएका घटना सुनिने गर्छ।160229120220_hindu_gods_624x351_afp_nocredit

बीबीसीको एक रिपोर्टका अनुसार,  केही यस्तै मुद्धाहरु जहाँ देवी-देवतालाई मानवीय कानूनको दायरामा बाँधिएको थियो:

रिपोर्ट १:

केहि वर्ष पहिला बिहारको एक अदालतले हनुमानलाई ‘सरकारी जमीनमा अतिक्रमण’को आरोपमा अदालतमा उपस्थित हुने आदेश जारी गरेको थियो। एक सरकारी विभागले ‘सडक छेउमा रहेको हनुमान मन्दिरले सडक रोकेको’ भन्दै उजुरी गरेपछि अदालतले यस्तो कदम उठाएको थियो। अदालनको आदेशपत्र दिन गएका अधिकारीहरूले त्यसलाई त्यहिँकै हनुमानको मूर्तीमा टाँसिदिएका थिए।160229124824_hindu_god_hanuman_summon_624x485_ankitkumar

पछि अधिकारीहरूले असजिलो मान्दै भने कि- यो एक  भूल’ (Clerical Error) थियो। आदेशपत्र भगवानको लागि थिएन बरु मन्दिर प्रबन्धनको लागि थियो। त्यसपछि उनीहरूले हनुमानको मूर्तीमा टाँसेको आदेशपत्र हटाएका थिए।

रिपोर्ट २:

हालै भारतको एक वकीलले भगवान रामलाई ‘आफ्नी पत्नी सीतालाई अन्याय’ गरेको भन्दै अदालतमा मुद्दा पेश गरेका थिए।

वकील ‘चन्दन कुमार सिंह’का अनुसार, करोडौँ मानिसहरूले जस्तै उनले पनि रामको पूजा गर्छन् तर यो कुरा भुल्नुहुँदैन कि रामले सीतासँग अन्याय गरेका थिए।160229124921_hindu_god_ram_sita_624x351_geetapandey

यो विषय ‘अव्यवहारिक’ भन्दै न्यायाधीशले उसको मुद्दा खारेज गरिदिए। चन्दनका अन्य वकील साथीहरूले उनलाई ‘सस्तो लोकप्रियता गर्न खोजेको’ भन्दै मानहानिको मुद्दा हालिदिए।

तर चन्दन कुमारले ‘मलाई लाग्छ कि रामले साँच्ची नै सीतासँग अन्याय गरेका थिए, र यो कुरा सबै हिन्दुहरूले मान्नु जरुरी हुन्छ।’ भन्दै अदालतसँग अपील गरेका थिए।

रिपोर्ट ३:

सन् २००७ डिसेम्बरमा सम्पत्तिको एक विवाद सुल्झाउनको लागि अदालतले श्रीराम र हनुमानलाई आदेशपत्र जारी गरेको थियो।

झारखण्डको त्यस अदालतको आदेशपश्चात पत्रिकामा विज्ञापन दिएर यी भगवानहरूलाई स्वयं अदालतमा पेश हुनको लागि भनिएको थियो। यसै विषयमा अदालतले पठाएको आदेशपत्र ‘अपर्याप्त ठेगाना’को कारण फिर्ता आएको पनि थियो।160229125218_hindu_gods_outside_temple_624x351_afp

यो विवाद धनबादको १.४ एकड क्षेत्रफलको प्लटिङ्गका मालिकले उठाएका थिए। त्यस प्लटिङ्गमा हनुमान र रामको दुईवटा मन्दिर भएकै कारण उनले यस्तो विवाद उठाएका थिए।

रिपोर्ट ४:

मुम्बईको सर्वोच्च अदालतले सन् २०१० मा ‘भगवानको नामबाट स्टक मार्केटमा पैसा लगाउन मिल्दैन’ भनेर आदेश पारित गरेको थियो।

यसै सन्दर्भमा अदालतले एक धार्मिक ट्रस्टको अनुमतिपत्र पनि खारेज गरेका थिए, जसले गणेशलगायत अन्य ५ भगवानको नामबाट ट्रेडिङ्ग अकाउण्ट खोल्न चाहन्थ्यो। उक्त ट्रस्टका मालिकले, भगवानहरूको बचत खाता हुन्छ, इनकम ट्याक्स कार्ड हुन्छ तर ट्रेडिङ्ग अकाउण्ट किन सक्दैन भन्दै अदालतसँग अपील गरेका थिए तर अदालतले त्यसलाई खारेज गरिदिएको थियो।140827080605_ganesha_idol_624x351_bbc

न्यायाधीशले भने कि- “सेयर र स्टक मार्केटमा विशेष योग्यता र विशेषज्ञताको जरुरत पर्दछ। र देवताहरू सँग यसको इच्छा राख्नु ठीक हुँदेन।”

उनले भने- “देवी-देवता भनेको पूजा गर्नको लागि हो। उनीहरूलाई सेयर ट्रेडिङ्ग जस्तो व्यवसायिक गतिविधिमा सामेल गर्नुहुँदैन।”

यो पनि हेर्नुहोस्-
पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?
भगवान शिवको घाँटी कसरी नीलो भयो?
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
भगवान शिवका पिता को हुन?
भगवान इन्द्र हारेको दिन