१९ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट १३ औं महाधिवशेनका लागि दोश्रो गुटले उम्मेदवारी घोषणा गरेको छ ।

सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेको केही समयपछि राजधानीमै एक कार्यक्रम गरी महामन्त्री कृष्ण सिटौलाले सभापतिसहित आफ्नो प्यानलको घोषणा गरेका हुन्।

gagan thapa krishna sitaula

बत्तिसपुतलीस्थित अनुपम ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा उनको छेउँमा गगन थापा पनि थिए । सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम घोषणा गरिएको छ ।

उम्मेदवारी घोषणा गर्दै सुजाताले भनिन्- “सभापतिको चावी मेरो हातमा छ”
गगन थापालाई अर्जुनको सन्देशः औकात हेरेर कुरा…

उम्मेदवारी घोषणाका क्रममा ब्याङ्केट परिसरमा सयौं कार्यकर्ताको भिड देखियो । कतिपय कार्यकर्ताले गगन थापा प्रवेश गर्दा उनको पक्षमा जयजयकारको नारा समेत लगाएका थिए ।

गगनको पक्षमा नारा लगाउने कार्यकर्तााको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको समेत देखिएको छ ।

यो घोषणासँगै गगन थापा आफ्ना ससुरा अर्जुननर सिंहकेसी सँग चुनाव लड्ने निश्चित भएको छ ।

देउवा पक्षको महामन्त्रीको उम्मेदवार बन्न लागेका अर्जुननरसिंह केसीले आफ्ना छोरी ज्वाइँ गगन थापालाई महामन्त्री बन्ने बेला नभएको सन्देश दिइसकेका छन् ।

सभामा गगनले ससुराको सुझाव र आफू ससुरासँग चुनाव लड्न लागेको बारे केही बोलेनन् । तर उनको पक्षमा देखिएका कार्यकर्ताले नै अर्जुननरसिंह केसीलाई प्रयाप्त जवाफ दिएका छन् ।

यो सँगै कांग्रेस संस्थापन पक्षबाटै ३ जनाको सभापतिमा उम्मेदवारी पर्ने निश्चित भएको छ । सुजात ाकोइरालाको उम्मेदवारी पछि आजै रामचन्द्र पौडेलले पनि उम्मेदवारी घोषणा गर्दैछन् ।

कांग्रेस महाधिवेशनमा पहिलो राउण्डमा सभापति चयन नहुने संकेत गर्दै सुजाता कोइरालाले दोश्रो राउण्डमा सभापतिको चावी आफूसँग रहेको दावी गरेकी छिन् । आफूसँग थुप्रै संख्यामा प्रतिनिधि रहेको उनको भनाइ छ ।