१५ साउन, काठमाडौं ।

सरकारले एक लाख २० हजार नेपाली राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को केन्द्रीय डाटाबेस प्रणालीमा राखेको छ ।

साढे चार वर्षमा नेपालभित्र र बाहिर हराएका तथा चोरी भएका नेपाली राहदानीको विवरण सरकारले इन्टरपोललाई उपलब्ध गराएको हो । इन्टरपोलले हराएका राहदानी दुरुपयोग नहोस् भनेर सातै दिन चौबीसै घन्टा निगरानी राख्ने गरेको छ ।

MRP nepali

‘जानकारीमा आएको हराएका नेपाली राहदानीको संख्या एकदमै ठूलो छ । हराएका सबै नेपाली राहदानीको विवरण इन्टरपोलको डाटाबैंकमा राखिसकेका छौं,’ नेपाल प्रहरी इन्टरपोल शाखाकी डिएसपीमाथि निगरानी भइरहेको छ । हराएका नेपाली राहदानी दुरुपयोग भएको छिटपुट भेटिएको छ ।’

चोरी तथा हराएका राहदानी अन्तरदेशीय अपराधमा प्रयोग हुने गरेको प्रमाण धेरैपटक भेटिएपछि यसलाई रोक्न इन्टरपोलले यस्ता राहदानीको विवरण सदस्य राष्ट्रसँग माग्ने र उपलब्ध गराउने गरेको छ । आजको  नागरिकमा खबर छ ।