राम ढुंगाना ‘ अल्पमत ‘

हामि नेपालीहरु हारको प्रतिक्षामा थिएनौ ।

नेपालले २३ बर्षपछि साग खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्यो । हिजोको दिन प्रत्येक नेपाली जो मुटुभित्र नेपालको माया साचेर बसेका छन् तिनिहरुको लागी ऐतिहासिक दिन साबित भयो ।

प्रत्येक नेपालीहरु खुशीले गद्गगद छन् । प्रत्येक चोटि भारत सँगको हारले दुँखी भएर मनभित्र जम्मा भएर रहेका दुँख र निराशाका भेलहरु एकैचोटि हिजोको जितमा खुशीका समुन्द्रहरु नै फुटेर बाहिर निस्कियो ।

हाम्रो खेलाडिहरु एक गोलले पछाडि परिसकेको अबस्थामा आत्तिएका भए सम्हालिएर नखेलेका भए मुखैमा आएको हाम्रो जित फेरि अनिश्चिततामा धेकेलिने थियौ । जितको लागी हाम्रो प्रतिक्षा फेरी कति लामो हुन सक्थ्यो कसैले पनि अनुमान गर्न सक्ने थिएनौ ।

ram dhungana alpamat 2016 full

लेखकः ढुंगाना

नेपालका खेलाडिहरु नअात्ति आफुहरुलाइ सम्हालेर एक- गोलले पछि परिसकेको अबस्थामा पनि साहस र धैर्यताका साथ बलियो भारतलाँइ आच्छुँ- आच्छुँ पार्दै दुइ गोलको स्पस्ट र शानदार जितको उपहार सारा नेपालीहरुको पोल्टामा लेराएर हालिदिए ।

नेपाल भारत बिचको खेल नेपालले भारत लाँइ जितेको खेलमा मात्रै नलिइकन समग्रमै मुल्यांकन गर्दा पनि साच्चिकै उत्कृस्ट खेल थियो । नेपाली खेलाडि प्रकाश बुढाथोकिले हानेका फ्रिकिक त बास्तबमै अन्तरास्ट्रिय स्तरकै थियो । फ्रिकक हान्नमा बिश्वमै ख्याति कमाएका फुटबल स्टार डेबिड बेह्कमको फ्रिकिक सँग तुलना गर्न सकिने थियो ।

चम्किला नेपाली फुटबल स्टार नेपालीहरुको निराशाले ढाकेको मुहारमा चमक लेराँइदिने नबयुग श्रेस्ठको उत्कृस्ट खेल कौशलको बयान र प्रसंशा गर्न लाँइ शब्दहरुको नै खडेरी पर्छ । उनी हाम्रो मन- मुटुमा सच्चा नायक र सदाबहार हिरो भएर सधै बिराजमान भइरहने छन् ।

हिजोको खेलमा बिशेष धन्यबादका पात्रहरु मैदान भित्र जितको लागि खेल्ने सम्पुर्ण खेलाडिहरु नै हुन् ।

र अर्को धन्यबादका प्रमुख पात्र मैदान बाहिर बसेर खेल खेलेका , खेल समाप्त भएको अन्तिम सिट्ठि नबजुन्जेल जितको लागी बेचैन र छट्टपट्टिएर खेलाडिहरु लाँइ निर्देशन दिने प्रशिक्षक राजुकाजी शाक्य जसको भारत लाँइ भारतकै खेलमैदानमा खेलाडिको रुपमा हराउँने धोको प्रशिक्षकको रुपमा आएर पुराँ भएको छ ।

त्यस्तै नेपाली खेल मिलेमत्तोमा छानबिन गरेर नेपाली फुटबलको बास्तबिकता उजागर गरिदिने नेपाल प्रहरीका एसएसपी सर्बेन्द्र खनाल र भारतको उत्कृस्ट प्रहारहरु बिफल बनाँइदिने गोलकिपर बिकाश कथु । र फुटबल सँग सम्बन्ध सम्पुर्ण पदाधिकारी र सारा नेपाली जनताँहरु जसले सम्पुर्ण खेलाडिहरु लाँइ हौसला दिइराखे , सबै बधाँइका पात्रहरु हुन् ।

फुटबलमा बर्षौ देखिको हार र निराशाको सिलसिला पछिल्ला दुइवटा अन्तरास्ट्रिय खेलमा हात पारेको जितले पक्कै पनि तोडिएको छ । तर हामि अब आगामि दिनहरुमा हुने अन्तरास्ट्रिय खेलहरुमा पनि जितकै आशाँ र प्रतिक्षामा हुन्छौ ।

नेपाली फुटबलमा खेलाडिहरु लाँइ दिइने सुबिधा र प्रशिक्षण गतिलो छैन । आगामी दिनहरुमा रास्ट्रका गहना हाम्रा खेलाडिहरु घर- खर्च चलाउँन धौधौ परेर बेरोजगारीले बिदेश पलाएन र फुटबल देखि टाडा रहने बताबरण नबनोस् । खेल क्षेत्रमै लागेर आफ्नो भबिस्य सुरक्षित हुने बाताबरण देखुन् । र अन्तरास्ट्रिय प्रतियोगिताहरुमा धमाधम गोल गरेर लगातार बिजयको कप नेपाल लेराएर भित्र्याउँन् । सरकार र एन्फाले यो बिषयमा ध्यान देउन् ।

नेपाली खेलाडि सधै भारत सँग फुटबल प्रतियोगिता खेल्दा दवाबमै रहेको हुन्थ्यो । सम्पुर्ण फुटबलप्रेमी नेपाली जनताहरु भारतलाँइ हराँएकै हेर्न चाहान्छन् । तर सधै नेपालीहरुको आशा निराशामा परिणत हुन्थ्यो ।

हाम्रो गालपोस्टमा बिदेशीहरुले छिराइदिएको गोल खादाँखादा हामि अघाइसकेका थियौ । घाटि सम्म आइसक्ने गोल खाँइसकेका थिए ।

हिजो हामि नेपालीहरु फेरी अर्को एउटा हार सँगै निराशाको प्रतिक्षामा थिएनौ । नेपाली खेलाडीहरु अध्यारो मुख लगाउँदै नेपाल भित्रिएको हेर्ने चाहँना पटक्कै थिएन ।

यो पालि नेपाली फुटबल टोली रातो- चन्द्र सुर्य अंकित झन्डा फहराँउदै हसिलो मुहारमा बिजय उन्माद सहित जितको कप बोकेर त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थल बाट बाहिरिएको हेर्न लालायित थियौ । हाम्रो तिब्र प्रतिक्षाले सार्थकता पायो ।

हामि नेपाली हार्न जन्मिएका होइनौ हारको पछाडि जित पनि छ भन्ने प्रमाणित गर्न चाहान्थ्यौं । त्यो साफ खेलकुद अन्तर्गत फुटबलमा भारतलाँइ हराएर स्वर्ण जितेर पुराँ गर्यौ ।

सम्पुर्ण खेलाडिहरु लाँइ धन्यबाद

नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको प्रतिक्रिया

भारतलाई नेपालले जितेपछि चर्चित बनेका नेपाली जोक