२८ भदौ, एजेन्सी । बलिउडका अभिनेता मनोज बाजपेयीले अनगिन्ती हिन्दी भाषामा अभिनय गरेका छन् । बाजपेयीले सत्या, शूल, अलीगढा र ग्यांग्स अफ वासेपुरजस्ता चलचित्रमा अभिनय गरेर आफूलाई सुपरस्टार सावित गरेका छन् ।

उनले खेल्ने चलचित्रहरु अधिकांश हिन्दी भाषाकै छन् । तर बाजपेयीले हिन्दी बोल्दा भने उनकी छोरीले उनलाई अशिक्षित ठान्छिन् । बीबीसी हिन्दीसँगको कुराकानीमा बाजपेयीले यस्तो खुलासा गरेकी हुन् । बाजपेयी भन्छन्, ‘मैल हिन्दी भाषा बोल्दा मलाई छोरीले अशिक्षित ठान्छिन् ।’

उनका छोरी ९ वर्षकी छिन् । उनले राम्रो अंग्रेजी बोल्छिन् । तर बाजपेयी आफ्नी छोरीसँग भोजपुरी र हिन्दी भाषामै बोल्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीले हाम्रो भाषा र संस्कृती बिर्सनु हुन्न ।’

‘यदी मैले हिन्दी चलचित्रमा काम गरिरहेको छु भने हिन्दी भाषा मेरो कमजोरी होइन् यो मेरो तागत हो।’ बाजपेयीले भने । बाजपेयीको मातृभाषा भोजपुरी हो यद्यपि उनले मिहिनेत गरेर हिन्दी भाषा सिकेका हुन् ।