१३ साउन, चितवन ।

संविधानमा धर्मनिरपेक्षताको खारेजी गर्दै हिन्दुराज्य कायम गर्न माग गर्दै आज चितवन र नवलपरासीको गैडाकोट खण्ड वन्द आव्हान गरिएको छ । हिन्दु राष्ट वचाउ अभियानमा आवद्ध २ दर्जन वढी संघसस्थाको आव्हानमा भएको वन्दका कारण चितवन र नवलपरासीको गैडाकोट खण्ड प्रभावित भएको छ । वन्दकर्ताहरु विहानैदेखि सडक निस्कीएर वन्द गराईरहेका छन् ।

जसका कारण चितवन र गैडाकोटमा सवारीका साधन चलेका छैनन् । पूर्वपश्चिम राजमार्ग वन्द हुदा सयौं सवारीका साधन र हजारौं यात्रु अलपत्र परेका छन् । पसल,शिक्षालय र कलकारखानाहरु पनि वन्द छन् ।

Nawalparasi banda - biplav nepal strike (4)

वन्दकर्ताले मोटरसाइकललाई पनि डोर्याउन लगाईरहेका छन् । तीनदिनदेखि नवलपरासीको गैडाकोटस्थित जयश्री खोलको पूल भाच्चिदा अलपत्र परेका यात्रुहरु आजको वन्दका कारण थप पिडामा परेका छन् ।

हिजो अपरान्ह डाईभर्सन निमार्ण गरी त्यहावाट सवारी संचालनमा ल्याईएपनि हेभी सवारी पास गर्न कठिन भएको र कतिपय लोड ट्रकहरु फसेपछि यातायात संचालन गएराति पुन अवरुद्ध भएको थियो ।

आज विहान फसेका ट्रकलाई डोजरले धकेलेर पाखा लगाएपनि यातायात संचालन त्यति भएको छैन । यात्रुहरुले आफुहरु दोहोरो मारमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नवलपरासीमा चाउचाउ बोकेको ट्रकमा आगजनी

नवलपरासीको देवचुली–१५ प्रगतिनगरमा गएराति चाउचाउ लोड गरी रोकी राखेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकी राखेको ग १ ख ४१११ नम्बरको ट्रकमा गएराति १ बजे आगलागी भएको हो । आगलागी कसरी र किन भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रकमा रु २४ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ । चौधरी गु्रपबाट चाउचाउ लिएर पोखरातर्फ हिँडेको ट्रक रोकी राखेको अवस्थामा आगलागी भएको हो । आगलागीको समयमा ट्रकमा कोही नरहेको प्रहरीले जनाएको छ ।