२७ कात्तिक, एजेन्सी।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसंग हारेपछि हिलारी क्लिन्टनको ‘रुवाई नरोकिएको’ खबर छ।hillary-and-ed-klein-762548

न्युजम्याक्स टिभीसंग दिएको अन्तर्वार्ताको क्रममा अमेरिकी लेखक एड क्लाइनले कुनै समयकी फर्स्ट लेडी क्लिन्टनले आफु ट्रम्पसंग हारेको थाहापाएपछि रुँदै एक साथीलाई फोन गरेको बताएका छन्।

बुधबार ‘द स्टिभ माल्जबर्ग शो’मा क्लाइनले भने, ‘करिब साढे ६ तिर उनले एक पुरानो साथीलाई फोन गरिन।’

‘उनी रुदैँ थिइन, रोक्न नसकिने गरि।’

‘उनको साथी, उनको निकै पुरानो महिला साथीले भनिन, उनले बोलेको बुझ्न निकै कठिन थियो, उनी जोडसंग रुँदै थिइन।’

‘हामी हिलारीको बारेमा कुरा गर्दै छौँ।,’ क्लाइनले भने।

क्लाइनले हिलारीले फोन गरेकी ती साथी को थिइन बताएनन्। तर हिलारीले आफ्नो हारको लागि एफबीआईका निर्देशक जेम्म कमीलाई दोष लगाएको भने उनले खुलाए।

‘उनको साथीले भनिन कि हिलारीले जेम्स कमी, एफबीआईका निर्देशकलाई आफ्नो हारको दोष लगाइन।’ क्लाइनले भने।

निर्वाचनको ११ दिन अघि एफबीआईले हिलारीको व्यक्तिगत इमेल सर्भरमाथी पुन: छानबीन गरेको थियो। केही दिन पश्चात हिलारीमाथी कुनै कारवाही नहुने एफबीआईले निष्कर्ष निकालेको थियो।

यता ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन जारी छ। पसल अनि सडकमा राखिएका गाडीका सिसा फुटाइएको छ। ‘हाम्रो राष्ट्रपति होइन’ भन्दै हजारौं मानिस सडकमा उत्रेका खबर आएका छन्।

यो पढ्नुस्।

ट्रम्पको कारण सम्वन्ध विग्रन सक्छ: युरोपियन युनियन

ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन जारी