एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उमेद्बार डोनाल्ड ट्रम्प एक पटक फेरि विवादमा आएका छन् । कारण हो डेमोक्रेटिक उमेद्बार हिलारी क्लिन्टनविरुद्धको अभिव्यक्ति ।

Trump 124594817

ट्रम्पले हिलारीलाई भनेका छन्, ‘सुरक्षागार्डको बन्दुक हटाएर हेर त्यसपछि के हुन्छ ।’ हिलारीले अमेरिकामा हतियार नियन्त्रण कानुन (गन कन्ट्रोल ल)लाई अझै कडा बनाउने पक्षमा वकालत गर्दै आएकी छिन् । डेमोक्रेटिक पार्टीले उनको अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै ट्रम्पले हिंसालाई प्रश्रय दिन खोजेको बताएको छ ।

Trump 134853717

आलोचकहरुले भने अप्रत्यक्ष रुपमा ट्रम्पले हिलारीको हत्या गर्ने कुरा गरिरहेको बताएका छन् । उनले दोहोर्याएर यस्तो अभिव्यक्ति दिएको भन्दै उनीहरुले शंका गर्नु स्वभाविक रहेको पनि बताएका छन् । मियामी शहरमा एक चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हिलारीका सुरक्षाकर्मीले बन्दुक बोक्न छोडुन् त्यसपछि म हेर्छु उनको हालत कस्तो हुन्छ ।’

भाइरल भएका सानियाका ११ हट तस्विर

ट्रम्पले हिलारीले नागरिकहरुको हक खोस्न खोजेको आरोप पनि लगाएको बीबीसीले जनाएको छ । क्लिन्टनका प्रवक्ता राबि मुकले मानिसहरुलाई भड्काउन ट्रम्पले यस्तो कुरा बोलेको भन्दै राष्ट्रपति उमेद्बारले दिने यस्तो अभिव्यक्ति शोभनिय नभएको प्रतिक्रिया दिएका छन् ।