२३ पुस, रुपन्देही । जिल्लामा आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी (कुमाल)लाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका–१ बस्ने सोही गाउँपालिका–३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण उनले आफ्नै श्रीमतीलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।