इन्टरनेटको युग भनिने पछिल्लो समयमा सबैले सामाजिक सञ्जाल र इमेज तथा भिडियो शेयरिङ साइट प्रयोग गर्छन् । यस्तै सञ्जाल ह्वाट्सएप पनि एउटा चर्चित माध्यम हो ।

संसारका लाखौं मानिसले ह्वाट्सएप चलाउने गरेका छन् । तपाइँ पनि चलाउनु हुन्छ होला । तर तपाइँलाई ह्वाट्सएपबारेका केही महत्वपूर्ण थाहा नहुन सक्छ । यहाँ ह्वाट्सएप चलाउँदा थाहा पाइ राख्नु पर्ने ७ कुराको चर्चा गरिएको छः

१. ह्वाट्सएपले म्यासेज पठाउँदैन
ह्वाट्सएपमा कैयौं पटक म्यासेज आउँछ । तपाइँलाई लाग्न सक्छ यो ह्वाट्सएपबाट आएको म्यासेज हो । तपाइँलाई फ्रि डाटा दिइएको छ वा यो वा त्यो स्किम दिइएको छ भनेर आउने यस्ता म्यासेजमा सावधान हुनुस् । किन भने यस्ता म्यासेज झुटा हुन् । खासमा ह्वाट्सएपले यस्तो कुनै पनि म्यासेज तपाइँलाई पठाउँदैन । यस्तो म्यासेज आएमा वेवास्ता गरिदिनुस् ।

whatsapp new feature (1)

 

२. ह्वाट्सएप अव फ्री भयो
ह्वाट्सएप केही दिन अघि देखी पुरै निशुल्क भएको छ । तर यस अघि ह्वाट्सएपमा यो म्यासेज पठाएमा फ्री सब्सक्रिप्शन पाउनु हुनेछ वा त्यस्तै भन्ने म्यासेज आएका थिए । यो पुरै गलत हो । ह्वाट्सएप अव फ्री भएको छ ।

३. ह्वाट्सएपमा लटरी पर्दैन
तपाइँलाई ह्वाट्सएपमा लटरी सम्बन्धि म्यासेज आइरहेका छन् भने सावधान हुनुस् । यस्ता म्यासेजले तपाइँलाई झुक्काएर लुटिने अवस्थामा समेत पुर्‍याउन सक्छन् ।

४- कलिङका लागि एक्टिभेसन
ह्वाट्सएपका कतिपय प्रयोगकर्तालाई कलिङ एक्टिभेसन गर्न भन्दै म्यासेज आउने गर्छ । तर यो म्यासेज फेक हो । यसलाई विश्वास नगर्नुस् ।

५- बैंक डिटेल्स
ह्वाट्सएपले कहिले पनि तपाइँको बैंक डिटेल्स माग्दैन । यस्तो बैंक डिटेल मागेर म्यासेज आयो भने सावधान हुनुस् । तपाइँको डेबिट वा क्रेडिट कार्डको विवरण मागिएको छ भने पनि झुक्किएर पनि नदिनुस् ।

whatsapp new feature (2)

६. ओरिजिनल ह्वाट्सएप
ह्वाट्सएप इन्स्टल गर्दा जहिले पनि गुगल प्ले स्टोरमा गएर इन्स्टल गर्नुस् । कुनै पनि थर्ड पार्टीको इन्स्टलेसन नगर्नुस् यसले तपाइँलाई झुक्काएर तपाइँको गोप्य जानकारी लिन सक्छ ।

७. अकाउण्ट सस्पेण्ड !
ध्यान दिनुस् ह्वाट्सएपले तपाइँको अकाउण्ट कहिले पनि सस्पेण्ड गर्दैन । तपाइँलाई अकाउण्ट सस्पेण्ड गर्ने भन्दै म्यासेज आयो भने कहिले पनि विश्वास नगर्नुस् ।

ह्वाट्सएप चलाउनु हुन्छ ? थाहा पाइराख्नुस् यी ६ कुरा

आइफोन हुनेले सुरुमै डाउनलोड गर्नुपर्ने १० एप्स