२५ साउन, गौर । रौतहटको भलुहिया गाविसमा १२ वर्षीया एक बालिका आफ्नै छिमेकीबाट सामूहिक बलात्कारको सिकार भएकी छिन् ।

गएराति घरमै सुतिरहेका बेला बालिकालाई छिमेकका युवक बच्चा महतो र रामबाबु तिवारीले अपहरण गरी घरदेखि करिब ३०० मिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बालिकाको शरीरभरि घाउ भएको छ । बिहान करिब ५ बजे प्रहरीले बालिकालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गौरमा भर्ना गरेको छ । प्रहरी उपरीक्षक गोविन्द परियारले २५ वर्षीय महतोलाई पक्राउ गरिएको र तिवारी फरार रहेको बताए । रासस