एजेन्सी ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकबादी आक्रमणबारे थाहा नपाउने कमै होलान् । तर उक्त भयानक आक्रमण कसरी आयोजना गरियो भन्ने चाँहि सँधै जिज्ञासाको विषय बनिरहेको छ ।

१५ वर्ष पछि घटेको उक्त घटना कसरी गराइएको थियो भन्ने कुरा अहिले आएर खुलेको छ । बनि लादेन नेतृत्वको अल कायदाको साप्ताहिक म्यागजिनले अमेरिका आक्रमणबारे खुलासा गरेको हो ।

करिव ५ हजार मानिस मारिने गरी न्यूयोर्कस्थित वर्ल्ड ड्रेड सेन्टर तथा अन्य स्थानमा भएका आक्रमणको योजना ओशामा विन लादेनले गराएको आरोप अमेरिकाले लगाउँदै आएको थियो । अलकायदाले यो कुराको पुष्टी गर्दै आक्रमण कसरी गरियो भन्ने खुलासा गरेको हो ।

Osama and 9-11 attack

ओशामा विन लादेनले सन् १९९९ मा न्यूयोर्कबाट इजिप्टको कायरो जाने क्रममा यो योजना बनाएको अलकायदाले जनाएको छ । तत्कालीन इजिप्ट एयरको 990 flight अमेरिकाबाट इजिप्ट जाने क्रममा म्यासुचेट्समा पर्ने नान्टुकेट टापुमा रहस्यमय तरिकाले दुर्घटनामा परेको थियो ।

यही दुर्घटना नै विन लादेनले अमेरिका आक्रमणको लागि योजनाको शुरुवात थियो । २१७ जना यात्रु मारिने गरी रहस्यमय दुर्घटनामा परेको उक्त विमानमा कुनै प्राविधिक समस्या नभएको पुष्टि भएको थियो ।

9-11 attack 6

विमान सहायक पाइलटले जानाजान दुर्घटनामा परेको पुष्टि भएको घटना नै अमेरिका आक्रमणका लागि बिन लादेनको योजनाको खाका बनेको उक्त म्यागजिनमा उल्लेख छ । विमान सेवाको कारवाहीमा परेका ती पाइलटले विमान दुर्घटना गराइदिएको घटनाबाट प्रेरणा लिएर नै बिन लादेनले भयानक आक्रमणको योजना बनाएको अलकायदाको भनाइ छ ।

सेप्टेम्बर ११ को आक्रमणका मुख्य योजनाकार मानिएका खालिद शेख मोहम्मदले सँगै १२ वटा विमान दुर्घटना गराउनो योजना बनाएको खुलासा भएको थियो । तर विन लादेनलाई भेटेपछि भने विमान ठोक्काउने तरिका अपनाउने सल्लाह भएको उक्त म्यागजिनले उल्लेख गरेको छ ।

बिन लादेन मारिने रात के के भयो?

ओसामा बिन लादेनको गोप्य तस्बिर सार्वजनिक!!