४ भदौ, काठमाडौं । कैलालीमा एक किशोरी बलात्कृत भएकी छन् ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले गौरीगंगा नगरपालिका–९ बस्ने २२ वर्षीय मिलन देवललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।