१९ साउन, भारत । उत्तरप्रदेशको हरदोई जिल्लामा एक १६ वर्षीया किशोरी गर्भवती भएपछि उनको फुपाजु नाता पर्ने पक्राउ परेका छन् ।

उनीहरुबीच पटक–पटक शाारीरिक सम्पर्क भएको र किशोरी गर्भवती भएपछि गर्भपतन गराउन खोज्दा घटना सार्वजनिक भएको हो । प्रहरीले बलात्कारको आरोपमा किशोरीको फुपाजुलाई समातेको छ ।

पीडित किशोरीले फुपाजु आफ्नो घरमा आएर बसेको र आफूलाई धम्काएर बलात्कार गरेको आरोप लगाएकी छन् । फुपाजु नाता पर्नेले गर्भवती भएपछि किशोरीलाई दबाब दिएर गर्भपतन गराउने कोसिस गरेका थिए । गर्भपतनको समयमा किशोरीको स्वास्थ्यमा समस्या आएपछि उनको आमालाई यो कुराको जानकारी भएको थियो । प्रहरीले फुजाजुविरुद्ध बलात्कारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

भारतीय मिडियाका अनुसार आरोपी फुपाजु दुई महिनादेखि पीडितको घरमा बस्दै आएका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।