१६ माघ, काठमाडौं ।

सर्वसाधारणले पेट्रोलियम पदार्थ नपाई हाहाकार भइरहेका बेला नेपाल आयल निगमका कर्मचारीहरुले १ अर्ब ७६ करोड ४७ हजार ७ सय ५७ रुपैयाँ ८ पैसा बोनस पाउन माग गर्दै सर्वोच्च अदालत गुहारेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले कर्मचारीहरुलाई बोनस नबाँड्न पहिले नै पत्राचार गरिसकेको भएपनि निगमका कर्मचारीहरु ठूलो रकम बोनस दाबी गर्दै शुक्रवार सर्वोच्च अदालत पुगेका नेपाल छ ।

निगथम अन्तर्गतको कर्मचारी संघका उपाध्यक्ष चन्द्रप्रसाद निरौलाm महासचिव गोपालप्रसाद राई, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका महासचिव सन्दीप बराल तथा कर्मचारहिरु छविलाल अगस्ती, श्यामकृष्ण महर्जन, विकास बखती र देवेन्द्रप्रसाद ओझाले सर्वसाधारणले ग्यास, पेट्रोलियम, डिजेल लगायतका पदार्थ पाउन सास्ती भइरहेका बेला बोनस रकम पाउन सर्वोच्च अदालत पुहारेका हुन्।

ती कर्मचारीले आर्थिक वर्ष २०७१/७२ मा पाउनु पर्ने ९० करोड २५ लाख २८ हजार २ सय ७० रुपैयाँ २० पैसा बोनसबापत पाउनु पर्ने भनी सर्वोच्च अदालतलाई उल्लेख गरेका छन् ।  समाचार पत्र दैनिकमा खबर छ ।

यो पनि पढ्नुस्।

तीन साताभित्र थप ८० मेगावट बिजुली नेपाल आयात गर्ने

संशोधनपछि टुट्यो मोर्चासित संवाद

दुइगुणा फल दिने दुर्लभ योग

पाँचवटा ट्रक छिरेपछि रक्सौल फेरि बन्द

अर्थमन्त्री तीनदिने भ्रमणका लागि २४ गते दिल्ली जाने