२० जेठ, काठमाडौं ।

विनाशकारी भूकम्प भएको १ महिना भन्दा बढी भयो । पराकम्पन कम भएका छन् । यद्यपी पुरै रोकिएको भने छैन । आज पनि दिउसो १ घण्टाको फरकमा २ पराकम्प भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पराकम्पन २ बजेर ३९ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

टेबल हे्नुस्

20 gate 1

बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालीहरु भूकम्पका पराकम्पसँग अभ्यस्त भैसकेका छन् । अस्ती भने नेपालीहरुले भुकम्पको धक्का विहिन एक दिन र एक रात पूर्णरुपमा विताएका थिए ।

बैशाख १२ गतेको मुख्य भूकम्पपछि नेपालमा हजारौंको संख्यामा भूकम्प अर्थात पराकम्पनका धक्का महसुस भएका छन् । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।