२६ फागुन, एजेन्सी । कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाको मृत्यु भएपछि इटली सरकारले कठोर कदम उठाएको छ । इटली सरकारले १ करोड ६० लाख मानिसहरुलाई विशेष अनुमति नलिई यात्रा नगर्न आदेश दिएको छ । यो आदेश सम्पूर्णले पालना गर्नुपर्ने छ ।

त्यहाँका प्रधानमन्त्री जूजेप्पे कोन्टेले देशभरको स्कुल, जिम, संग्रहालय, नाइटक्लब र सर्वसाधारणको जमघट हुने अन्य क्षेत्रहरु बन्द गर्न निर्देशन दिइसकेको छ । यो प्रतिबन्ध अप्रिल ३ सम्म लागू हुनेछ । चीनपछि इटलीमा सबैभन्दा बढी कारोनाको संक्रमण फैलिइरहेको छ ।

यस्तै दक्षिण कोरियामा पनि कोरोना ७ हजार ३ सय १३ जना मानिसमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । कोरोनाभाइरसका कारण विश्वभर १ लाख ६ हजार भन्दा बढी मानिस संक्रमित भइरसकेका छन् । जसमध्ये ६० हजार भन्दा धेरै मानिस उपचारपछि घर फर्किएका छन् ।