२ भदौ, एजेन्सी । भारतविरुद्ध खेलिने टेस्ट क्रिकेट खेल्नको लागि वेस्टइंडिजले अलराउण्डर रहकी कार्नबाललाई पनि टीममा सामेल गराएको छ ।

२६ वर्षीय यी खेलाडी आफ्नो तौलका कारण चर्चित छन् । ६ फिट ६ इन्चका कार्नबालको तौल १सय ४० किलो छ । उनको नाम पहिलो श्रेणीको क्रिकेटमा ५५ खेलमा २ सय ६० विकेट र २ हजार २ सय २ रना बनाएका छन् ।

वेस्टइंडिजको टीममा परेपछि उनले भनेका छन्, ‘टीममा छानिनु खुसीको कुरा हो, म लामो समयदेखि यसको प्रतिक्षामा थिएँ, अब म खेलमा एदमै राम्रो गर्नेछु ।’ भारत र वेस्टइंडिजको पहिलो खेल २२ अगस्टमा विवियन रिचडर््स स्टेडियममा हुनेछ ।