१९ कात्तिक, काठमाडौं । पछिल्लो केही समयदेखि लगातार उतारचढाव आइरहेको सुनचाँदीको मूल्य साताको तेश्रो दिन घटेको छ ।

मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले घट्दै छापावाल सुन ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य मंगलबार ७० हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्यपनि सस्तो भएको छ । सोमबार सुनको मूल्य घट्दा स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ५ रुपैयाँले सस्तो भएर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ थियो भने तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी सोमबार चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँ प्रतितोला थियो ।