१९ कात्तिक, काठमाडौं । आफ्नो गन्तव्यसमा छिटो भन्दा छिटो पुग्नको लागि मानिसहरु हवाई यात्रा गर्नेगर्छन् । तर कुनै विमान हावामै दुर्घटना हुन्छन् भने कतिपय दुर्घटना भएर तारमा अल्झिन्छ । यस्तै अचम्मको घटना भएको छ इटलीमा ।

एक विमान दुर्घटना भई जमिनभन्दा कैयौँ फिट माथि तारमा अल्झिएको छ । अहिले यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुर्घटनामा मानवीय क्षति भएको छै । घटना थाहापाउने बित्तिकै खटिएको उद्दार टोलीले दुई घण्टामा विमानमा रहेका सबै यात्रुहरुको सफल उद्दार गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल तस्बिरमा विमान तारमा उल्टो भएर अल्झिएको छ । विमानको पंखामा बसेको व्यक्तिलाई उद्दार टीमले निकाल्दै गरेका छन् । विमानले उडेको केहीबेरमा नै सन्तुलन गुमाएपनि दुर्घटना हुन पुगेको हो । यदि विमान तारमा नअल्झिएर जमिनमा बजारिएको भए विमानमा सवार सबैको ज्यान जाने समाचारमा उल्लेख छ ।