२३ भदौ, काठमाडौं । सोमबार सुनको मूल्य २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पुनः बढेको हो । आइतबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ७१ हजार ७ सय पुगेको छ ।

यस्तै तेजाबी सुनमा पनि प्रतितोला २ सय रुपैया वृद्धि भएको छ । आइतबार ७१ हजार २ सयमा कारोबार भएको सुन सोमबार ७१ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यसैगरी चाँदीको मूल्य सोमबार ५ रुपैयाँ घटेर ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।