२९ मंसिर, दाङ । दाङको तुलसीपुरबाट प्रहरीले ११ जुवाडेलाई पक्राउ गरेको छ । तुलसीपुर उपहानगरपालिका ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुल हाउसमा अबैद्य रुपमा जुवा खेलिरहेको अवस्थामा आइतवार दिउसो ३ बजेतिर पक्राउ गरिएको हो ।

नगद ५८ हजार ५ सय ५० रुपैयाँ र दुई बुक ताससहित ११ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले बताए । पक्राउ पर्नेमा तुलसीपुर ८ का ३५ बर्षीय टेकबहादुर घर्ती, सोही ठाउँ निवासी ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुढाथोकी, तुलसीपुर ६ का २४ बर्षीय अजय बस्नेत, तुलसीपुर १८ का २७ बर्षीय लक्ष्मण गिरी रहेका छन् ।

त्यसैगरी तुलसीपुर ५ का २६ बर्षीय शिब कुमार वली, २८ बर्षीय सिद्धान्त गुरुङ्ग, २८ बर्षीय रुपेश कुमार गुप्ता, २९ बर्षीय सन्दिप सेर्पाईली, तुलसीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा, अर्घाखाची सन्दिखर्क नगरपालिका १ घर भई हाल तुलसीपुर ५ बस्दै आए २९ बर्षीय रन्जित श्रेष्ठ पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।