एजेन्सी।

फेसबुकको प्रतिनिधित्वमा चलेको तस्विरमूलक सामाजिक सञ्जाल इन्स्टाग्रामले गत बुधबार (मे ११) बाट आफ्नो रूपमा परिवर्तन ल्याएको छ। इन्स्टाग्रामले आफ्नो फ्याभिकन परिवर्तन गरेको छ।

लामो समयसम्म रहेको क्यामेराजस्तो देखिने एपको आइकन अहिले परिवर्तन भएर वैजनी र पहेँलो रङ्गको ग्रेडियण्ट ब्याकग्राउण्डपछाडि सेतो धर्कोले बनेको क्यामेरा जस्तो देखिएको छ।New-Instagram-App-Icon-2016-iOS-Android-640x415

गत बुधबार कम्पनीकै एक ब्लगमार्फत आइकन परिवर्तन गरेको घोषणा गर्दै इन्स्टाग्रामका प्रवक्ताले लेखे- “फिल्टर गरिएका तस्विरहरू सेयर गर्ने समयदेखि बितेका ५ वर्षभित्रमा इन्स्टाग्राम समुदायमा धेरै परिवर्तनहरू आएका छन्। हाम्रो यो नयाँ रूपले तपाईँहरूको जीवनकहानीलाई अझै जीवन्त र विविध बनाउने प्रयास गरेको छ।”

एपको आइकनमा नयाँ परिवर्तन आएसँगै एप चलाउनुको अनुभवमा पनि परिवर्तन भएको महशुस गर्न सकिन्छ, तर भित्रका सेवा तथा सुविधाहरूमा भने कुनै परिवर्तन देखिएको छैन। अन्य सेवा तथा सुविधाहरूमा पनि परिवर्तन हुने नहुने बारेमा भने कम्पनीले केहि खुलासा गरिसकेको छैन।

यो पनि हेर्नुहोस्-
इन्स्टाग्राममा त्रुटि फेला पारेकोले फेसबुकले दियो १० वर्षीय बालकलाई १० हजार डलर
इन्स्टाग्राममा नयाँ सुविधाको भिडियो फिचर
इन्स्टाग्राममा एउटा भन्दा बढि अकाउण्ट राख्न चाहनुहुन्छ? यसो गर्नुहोस्