२९ कात्तिक।

फ्रान्सको शहर पेरिसमा भएको आतकंवादी आक्रमण पछि देशमा संकटकालको घोषणा लगाइएको छ। १२८ भन्दा बढी मानिसको ज्यान गएको खबर छ। रिपोर्टको अनुसार, यो दोस्रो विश्व युद्ध पछि फ्रान्समा सबैभन्दा ठुलो आक्रमण हो। दोस्रो विश्व युद्धको समयमा पेरिस नाजीको कब्जामा थियो। फ्रान्सका केही भागमा जर्मन सेनाले सन् १९४० देखि १९४४ सम्म कब्जा गरेका थिए।

Paris Nazi era (1)

पेरिसको विवादास्पद तस्बिर

नाजीहरुले कब्जा गरेको समयमा एक फोटोग्राफरले पेरिसका यी तस्बिरहरु खिचेका थिए, जुन ‘प्रपोगान्डा फोटोज (विवादास्पद तस्बिर)ले चर्चित भयो। तस्बिर जर्मनीकै एक पत्रिकाको लागि खिचिएको थियो।

तस्बिरमा पेरिसका वासिन्दाहरु आफ्नो शहरमा जर्मनका नाजीहरुले कब्जा गर्दा पनि खुसी-खुसी जीन्दगी बाँचिरहेको छन् भनी देखाउन खोजिएको थियो। केही इतिहासकारहरुको अनुसार भने त्यहाँको परिस्थिति त्यस्तो खुसी-खुसी र सहज थिएन।

Paris Nazi era (24)

कसले खिचेको थियो प्रपोगान्डा फोटोज

तस्बिरहरु फ्रान्सकै एन्ड्र्यु जुक्काले जर्मनीको विवादास्पद पत्रिका ‘सिग्नल’को लागि खिचेका थिए। फोटाहरु निकै चर्चित पनि भए। फोटोग्राफरले ‘फेसनेवल महिला’, ‘हासिँरहेका सेना’, ‘खुसी परिवार’ देखिने गरि तस्बिरहरु खिचेका थिए।

Paris Nazi era (16)

नाजीको शासन
यी तस्बिरले नाजी शासनको समयमा पेरिसको राम्रो पक्ष देखाएपनि त्यहाँको वास्तविकता भने त्यस्तो नभएको बताइन्छ। इतिहासकारहरुको अनुसार नाजी शासनकालमा पेरिस र फ्रान्सको स्थिति निकै खराब थियो। अर्को देशको सेनाले कब्जा गरेका पेरिसका मानिसहरु माथी अत्याचार हुने गर्थ्यो।

Paris Nazi era (17)

यी तस्बिरहरु करिब ७ वर्ष पहिले सन् २००८ को एक प्रदर्शनीमा देखाइएको थियो। केही मानिहरुले यी फोटोको कारण प्रदर्शनी बन्द गर्ने माग समेत गरेका थिए।

Paris Nazi era (20)

दोस्रो विश्वयुद्ध सकिनै लाग्दा तानाशाह हिटलरले सन् १९४४ मा पेरिसलाई ध्वस्त गर्न आदेश समेत दिएका थिए। तर पेरिसका कन्ट्रोलर नाजी जनरलले हिटलरले दिएको आदेश मानेनन्। ती नाजी जनरल डिट्रिज वोन चोल्टिट्जले बुझ्न थालेका थिए की हिटलरले ठिक गर्दैछैनन्। पढ्नुस् पेरिसको ७ यथार्थ: हिटलरले ध्वस्त गर्न दिएका थिए आदेश

Paris Nazi era (19)

विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान

Paris Nazi era (18) Paris Nazi era (15) Paris Nazi era (14) Paris Nazi era (13) Paris Nazi era (12) Paris Nazi era (11) Paris Nazi era (10) Paris Nazi era (9) Paris Nazi era (8) Paris Nazi era (7) Paris Nazi era (6) Paris Nazi era (2) Paris Nazi era (3) Paris Nazi era (4) Paris Nazi era (5) Paris Nazi era (23) Paris Nazi era (21) Paris Nazi era (22)