२९ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री भएको एक महिना सम्म पनि खासै देखिने काम गर्न नसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना शुरु भएको छ ।

ओलीले सत्ता बाहिर हुँदा बोलेको जस्तो ब्यवहार सत्तामा गएपछि देखाउन नसकेको टिप्पणी गर्न थालिएको हो ।

यसै क्रममा चर्चित पत्रकार किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गोली जस्तो बोली कता गरायो भनेर प्रश्न गरेका छन् ।

Kishor Nepal on Oli ko boli

ट्वीटरमा किशोर नेपालले प्रश्न गरेका छन्, ‘धानमन्त्री नवन्दासम्म गोली वरावरका बोली वोल्ने ओली अहिले चूपचाप छन । देशका नाममा एक शव्द खर्चेका छैनन । अचानक किन वन्द भो उनको वोली ?’

ओलीले सत्ता बाहिर हुँदा सरकार वा अन्य नेताको बोलीबाट उछितो काड्ने गरेका थिए । तर आफू प्रधानमन्त्री भएपछि भने उनी निरिह देखिएका छन् ।

मधेश आन्दोलन पनि साम्य पार्न नसकेको र भारतीय नाकाबन्दी खुलाउन पनि प्रभावकारी कदम चाल्न नसकेको भनेर ओली सरकारको आलोचना शुरु भएको छ ।

यस अघि विश्लेषक एवं साहित्यकार खगेन्द्र संग्रौलाले मात्र ओली सरकारमाथि झटारो हान्दै आएका थिए । तर अव भने अन्य प्रवुद्ध वर्ग पनि यो लाइनमा थपिने संकेत देखिएको छ ।

मधेश आन्दोलन ओली र प्रचण्डका कारण – खगेन्द्र संग्रौला