अक्षय कुमारको फिल्म ‘रुस्तम’ ले बलिउड बक्स अफिसमा जबरजस्त कमाइ गरेको छ। रिलिज भएको सात दिनमा यसले आफ्नो लगानी मात्र उठाएन, १२७ प्रतिशत मुनाफा निकाल्दै यो वर्षको सबैभन्दा बढी मुनाफा निकाल्ने टप पाँच फिल्म बन्न सफल भयो।akshya kumar 33092413

कति गर्यो कमाइ?
शुक्रबार रिलिज भएको दिन १४ करोड भारु कमाएको रुस्तमले, शनिबार १६ करोड, आइतबार २० करोड, सोमबार १८ करोड, मंगलबार ८ करोड, बुधबार ६ करोड, बिहिबार ९ करोड भारु कमाइ गरेर सात दिनमा करिब ९१ करोड भारु संकलन गरेको छ। रुस्तम ४० करोड भारु लागतमा बनको हो।

सय करोडको नजिक पुगेको यो फिल्म अक्षयको फिल्म मध्येका सबैभन्दा छिटो १०० करोड कमाउने फिल्म बन्नेछ।

सबैभन्दा बढी मुनाफा गर्ने फिल्महरु:

निर्जा: २१ करोडमा निर्माण भएको निर्जाले ७६ करोड भारु कमाएको थियो। ५५ करोड भारु अर्थात यसले २६२ प्रतिशत मुनाफा निकालेको थियो।

सुल्तान: ९० करोड लागत खर्च भएको सुल्तानले ३०० करोड भारु कमायो। अर्था २३३ प्रतिशत मुनाफा बनायो।

एअरलिफ्ट: ४० करोड भारुमा बनेको एअरलिफ्टले १२८ करोड भारु कमाउँदै २२० प्रतिशत मुनाफा कामायो।

बाघी: टाइगर श्रोफको फिल्म बाघी ३८ करोड भारुको लागतमा बनेको थियो। ७६ करोड भारु कमाउँदै यसले १०० प्रतिशत मुनाफा कमाएको थियो।