४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतको रुपमा चीन भ्रमणमा गएका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति नेपाल आउन सकारात्मक भएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

उनले चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्मक कुराकानी भएको बताउदै राष्ट्रपतिको नेपाल भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने बताएका हुन् ।

चीन भ्रमणबाट फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भ्रमण निकै सफल र भ्रमणलाई चीनले उच्च प्राथमिकता दिएको बताए । भ्रमणको बारेमा चिनियाँ उच्च नेताहरुको छलफलपछि मात्र निर्णय हुने महराले जानकारी दिए ।

यो पनि पढ्नुस्।
न्त्री पठाउनका लागि सभापतिसँग छलफल भएको छैन : पौडेल
सिटौलापछि र शेखर विद्रोही बनेपछि यसरी पत्तासाफ हुँदैछ पौडेल पक्ष
कानको यो भागमा औँलाले दबाब दिदाँ के हुन्छ?