१३ माघ, एजेन्सी । अफगानिस्तानको तालिवान नियन्त्रित प्रान्तमा करिब ८३ यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना भएको छ ।

अधिकारीका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको र त्यसमा आगो लागेको हो । एरियाना एयरलायन्सको बोइ ७३७–४०० कल कल साइन रहेको विमान राजधानी काबुलबाट दक्षिण पश्चिममा दुर्घटना भएको हो ।

विमान स्थनीय समय अनुसार दिउँसो सवा १ बजे दुर्घटना भएको हो । विमान गजनी प्रान्तको दुर्गम एवं हिमाली जिल्ला देह याकमा गइरहेको थियो ।