१० असार, सुर्खेत । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस लिँदालिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले क्षेत्रीय इन्जिनियर खरेललाई सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट पक्राउ गरेको हो ।

छिन्चुको होटल स्टार एण्ड लजमा रहेका खरेलले सेवाग्राहीबाट ८७ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

खानेपानी आयोजनाको पेश्की, भुक्तानी सहजीकरण र कार्यसम्पन्न प्रतिवेदन मिलाइदिने भन्दै इन्जिनियर खरेलले सेवाग्राहीसंग उक्त रकम लिदैँ गर्दा शुक्रबार राती खरेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ ।