१० मंसीर, दार्चुला । नौ दलका उम्मेदवारको धरौटी जफत प्रत्यक्षतर्फ निर्वाचनमा सहभागी १२ उम्मेदवारमध्ये नौ जनाको धरौटी जफत भएको छ । तीन प्रमुख दलको मात्र धरौटी फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छैसठ्ठी हजार ८२ मतदातामध्ये ५२ हजार ८५३ मत अर्थात् ८१.७५ प्रतिशत खसेको छ । यहाँ एमालेका गणेशसिंह ठगुन्नाले २० हजार ४७० मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले १९ हजार २३६ र एमाओवादीका ललितसिंह ठगुन्नाले नौ हजार १७ मत प्राप्त गरेका थिए । रासस