१५ कात्तिक, जनकपुरधाम ।

राजनीतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौलाले मधेश आन्दोलन चर्किनुमा प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्को हात रहेको टिप्पणी गरेका छन् । मधेशका मुद्धा सम्बोधन गर्नुको साटो ओली र प्रचण्डले झनै दवाउने र उपेक्षा गर्ने काम गरेको उनको आरोप छ ।

मधेश आन्दोलनको ८० दिन पुगिसकेको समयमा मधेशमा पुगेका संग्रौलाले संविधान जारी गर्दा मधेशीहरुलाई पेलेर अघि बढ्ने प्रचण्ड र ओलीको ढिपीले देश यहाँ आएको बताए ।

मधेश डा. सीके राउतको धारमा जानसक्ने: खगेन्द्र सङ्ग्रौला

सरकार बनाएपछि पनि प्रचण्ड र ओली झनै सत्तालिप्सामा लागेको टिप्पणी समेत उनले गरे ।

KHAGENDRA-SANGRAULA-

यस अघि खगेन्द्र सङ्ग्रौलाले मधेशको न्यायपूर्ण आन्दोलनलाई गोलीले दबाउने कार्य नरोकिए बाध्य भएर मधेश डा. सीके राउतको धारमा जानसक्ने संकेत गरेका थिए ।

मधेशी मोर्चा सप्तरीद्वारा राजविराज स्थित सहीद दशन चौकमा हिँजो आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका थिए ।