फेसबुक अव हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । एक अर्कासँग सम्पर्कका लागि फेसबुक नै प्रमुख माध्यम बनेको छ । यसको माध्यमबाट हामीले जीवनमा जोडिएका कैयौं चिज आफन्त र साथीभाइसँग जोड्न सकिन्छ ।

हामीलाई लाग्छ यस्ता अपडेट हामीले आफ्ना साथीभाइसँग शेयर गरिरहेका छौं । तर यसका साथमा हामी यो तथ्यबाट भने विल्कुल अन्जान छौं कि हाम्रो पोष्टहरु कस कसले पढिरहेका छन् । 

facebook symbol pic

हामीले यहाँ फेसबुकमा शेयर गर्न नहुने ५ कुराको चर्चा गरेका छौं ।

आफ्नो परिवारको पुरा जन्ममिति

पछिल्लो समयमा फेसबुकबाट जन्मदिनको शुभकामना दिने चलन आम भैसकेको छ । सबैले फेसबुकमा नै यस्तो जानकारी शेयर गर्छन् । तर यसो गर्दा हामीले हाम्रा गोप्य जानकारी जान अनजान मानिससँग पनि शेयर गरिरहेका हुन्छौं । र साइवर चोरहरुले यस्ता जानकारीबाट अनेक फाइदा लिन्छन् । कहिलेकाँहि त समस्यामै पार्छन् । त्यसकारण फेसबुकमा आफू र आफ्ना आफन्तका जन्ममिति पुरा लेख्ने भूल कहिल्यै नगर्नुस् ।

facebook
तपाइँको सम्बन्ध

फेसबुकमा रिलेशन स्टेटस लेख्ने भूल कहिल्यै पनि नगर्नुस् । यसबाट तपाइँमाथि निगरानी गरिरहेका खराब मनस्थितिका मानिसलाई फाइदा पुग्छ । अनि अर्को कुरा सम्बन्धहरु कहिले सम्म टिक्छन् र कहिले धरापमा पर्छन् कहिल्यै पनि थाहा हुँदैन ।

तपाइँ भएको स्थान

फेसबुका लोकेसन अन नगर्नुस् । करेन्ट लोकेसन अन गर्दा यसले समस्यामा पार्न पनि सक्छ । तपाइँको बारेमा खोजी र निगरानी गरिरहनेका लागि फेसबुकको लोकेसनले सबै जानकारी दिन्छ । तपाइँ कहाँ जानु भो के गर्नु भो भन्ने खोज्नेका लागि यो सहज माध्यम हो । त्यतिमात्र होइन तपाइँको घर वा कोठामा चोर्न चाहनेले त सबैभन्दा सजिलै तपाइँ विदा मनाउन गएको वा अन्यत्र बस्न गएको चाल पाउँछ ।

FacebookLikeButton1
घरमा एक्लो भएको कुरा

फेसबुकमा म एक्लै छु वा फिलिङ लोन्ली एट होम टाइपका स्टेटस नराख्नुस् । यसो गर्दा तपाइँका आफन्त र शुभचिन्तक मात्र होइन खराव मनसाय भएका मान्छेले पनि यो जानकारी पाउँछन् । सके सम्म आफ्नो फेसबुक प्रोफाइलमा प्राइभेसी सेटिङ गर्नुस् र जानकारीहरु गोप्य राख्नुस् ।

 

आफ्ना बच्चाको तस्विर नाम सहित ट्याग

फेसबुकमा मानिसहरु आफ्ना र साना सान बच्चा बच्चाकी समेत नाम सहित तस्विर ट्याग गर्छन् । तर यो बानी नराम्रो बानी हो । यस्तो गर्नु हुँदैन । सके सम्म अभिभावकले आफ्ना बच्चाको तस्विर अन्य ब्यक्तिको नाममा ट्याग गर्ने बानी आजै देखि छोडिदिनुस् ।

 

यो पनि पढ्नुस् 

फेसबुकले यसरी गर्यो भावनासँग खेलवाड

 

सावधान!! फेसबुकले गर्दैछ निगरानी, लगइन गरेर सर्च नगर्नुस् !