भारतीय क्रिकेटर बिराट कोहोलीले बलिउड अभिनेत्री अनुष्का शर्मासँग प्रेम सम्बन्धमा रहेको कुरा पहिलो पटक स्वीकार गरेका छन् ।

उनीहरुको प्रेम सम्बन्धबारे धेरै अघी देखि नै चर्चा चलिरहेको भएपनि बल्ल आएर उनले मुख खोलेका हुन् ।

virat-anuska

 

करिव एक वर्षको रोमान्सपछि मात्र कोहोलीले आफ्नो अनुष्कासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै आफ्नो निजी जिन्दगीको विषयमा अनावश्यक चर्चा हुन नहुने बताएका हुन् ।

virat anuska together

मुम्बइमा एक फेशन कार्यक्रममा सहभागी हुँदै कोहोलीले आफ्नो प्रेम सम्बन्ध कसैबाट लुकेको विषय नभएको बताए । यद्यपी आफूहरुले लुकाउन भने चाहेको उनले बताए ।

 

कोहोलीले आफ्नो र अनुष्काको सम्बन्धलाई सार्वजनिक चर्चाको विषय नबनाउन पनि आग्रह गरेका छन् ।