रणवीर कपुर र क्याट्रिना कैफ आपसमा संगै भएको निकै समय भइसकेको छ। यी दुइ जोडी संगै मुम्बइको बान्द्रामा रहेको एक अपार्टमेन्टमा बस्दै आएका छन्। यी दुई सम्बन्धमा अहिले भने खटपट सुरु भएको भारतीय मिडियाले बताएका छन। खटपटको कारण बनेकी छिन रणवीरकी पहिले की गर्लफ्रेन्ड दिपिका पादुकोण।

ranbir kapoor dipika katrina

रणवीर र दिपिकाको हालसालै एक फिल्म रिलिज भएको थियो, तमासा। तमासा रिलिजपूर्व रणवीर फिल्मको प्रोमोशन गर्नेक्रममा निकै समय दिपिकासंगै कार्यक्रममा हिड्ने गर्थे। यहि कुरालाई मुख्य मुद्धा बनाएर रणवीर र क्याट्रिना बिच फाटो आउन सुरु भएको चर्चा गरिन्छ।

लगातार फल्प फिल्मको श्रृंङ्खला पश्चात रणवीरले ‘तमासा’ बाट बल्लतल्त सफतलाको स्वाद चाख्न पाएका छन्।

ranbir kapoor and dipika padukone

जबदेखि दिपिका पादुकोणको साथमा रणबीर कपुर आएका छन् क्याट्रिनाको करिअर भने त्यति राम्रो चलिरहेको छैन। मिडिया बताउँछन् क्याट्रिना रणवीर कपुरकी पूर्व तथा रणबीर सिंहकी अहिलेकी गर्लफ्रेन्ड दिपिका पादुकोणसंग आमनेसाम्ने आउन हिच्किचाउँछिन।

केही पहिला क्याट्रिनाले रणवीरका पिता ऋषि कपुरलाइ ‘पापा’ भन्ने गरेको चर्चा चलेको थियो। तर तमासा फिल्मको सफलता पश्चात रणवीरले आफ्नो पितालाई क्याट्रिनाले ‘पापा’ भन्ने नगरेको बताएका छन्। रणवीरले क्याट्रिनाले ऋषिलाइ पितासम्म मान्ने नगरेको समेत बताए।

यता दिपिका र रणवीर कपुर संगै काम गर्न निकै सहज देखिन्छन्। रणवीरले दिपिकाको अभिनयकलालाई प्रत्येक अन्तर्वातामा बयान गर्ने गरेको क्याट्रिनाले भने रुचाउने गरेकी छैनन।

रणवीर भने काम र गर्लफ्रेन्डको मारमा परेका छन्। दिपिकासंगको फिल्म हिट हुनु र सोही फिल्मकै कारण क्याट्रिनासंगको सम्बन्ध धरापमा पर्नुले रणवीर धर्मसंकटमा छन्।

दिपिका र रणवीर सिंहको सम्बन्ध भने ठिकठाक चलिरहेको छ। यी दुई जोडीको शुक्रबार (डेसेम्बर १८)मा ‘वाजीराव मस्तानी’ फिल्म रिलिज हुने तरखरमा छ। दिपिका र रणवीर कपुरको सम्बन्धलाई लिएर भने दिपिकाका ब्यायफ्रेन्ड रणबीर सिंहले कुनै प्रतिक्रिया दिएका छैनन।

यो पनि पढ्नुस।

१७५ करोडमा बनेको ‘दिलवाले’ले रकर्ड नतोड्ने अनुमान

भ्लादिमिर पुटिन अमरत्व भएको ब्यक्ति भन्दै सनसनी