१६ माघ, काठमाडौं ।

किन चाहिन्छ  प्रहरी रिपोर्ट ?

अध्ययन र रोजगारीमा विदेश जानेलाई प्रहरी रिपोर्ट अनिवार्य छ । स्वदेशमै पनि केही कम्पनीले जागिरका लागि प्रहरी रिपोर्ट माग्ने गरेका छन् । तर, प्रहरीले हेर्ने मुद्दालाई मात्र आधार बनाएर रिपोर्ट दिने गरिएकोमा अब अन्य मुद्दालाई पनि आधार बनाइनेछ ।

कुन–कुन मुद्दा लागेकाले पाउँदैनन् ?

राजस्व छली, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, वन्यजन्तुको तस्करी, वैदेशिक रोजगार ठगी, अवैध मुद्राको कारोबारजस्ता मुद्दाका दोषीलाई पनि प्रहरी रिपोर्ट नदिने गृहको प्रस्ताव

‘क्रिमिनल डाटा सेन्टर’ राख्ने तयारी

प्रहरी मुख्यालयमा ‘क्रिमिनल डाटा सेन्टर’ राख्ने प्रक्रिया अघि बढाइएको छ । ‘प्रहरीले अनुसन्धान नगर्ने मुद्दाको विवरण लिएर क्रिमिनल डाटा सेन्टर बनाउने प्रक्रिया अघि बढेको छ,’ एआइजी विज्ञानराज शर्माले भने ।

फौजदारी मुद्दाको अनुसन्धान गर्ने थप निकाय

राजस्व अनुसन्धान विभाग, वन कार्यालय, सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभाग, वैदेशिक रोजगार विभागजस्ता निकायले पनि फौजदारी मुद्दाको अनुसन्धान गर्छन् । तर,त्यस्तो रेकर्ड प्रहरी सर्भरमा हुँदैन । सोही कारण उनीहरूलाई प्रहरी रिपोर्ट जारी गर्ने अधिकार छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।