२० माघ, काठमाडौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले कम्युनिष्ट पार्टी बिचलित र बिग्रँदा मधेस आन्दोलनको सिर्जना भएको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टीको स्कुलिङ विभाग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट पार्टीहरु विचार र वर्ग संघर्षबाट पछि हट्दै बिचलन हुँदा मधेस आन्दोलन भएको बताएका हुन् ।

prachanda

‘नेपालमा जतिबेला कम्युनिष्ट पार्टीको स्थापना भएको थियो, त्यतिबेला मधेसमा कम्युनिष्टको ठूलो प्रभाव थियो, तर अहिले कम्युनिष्ट पार्टीका नेताहरु नै मधेसमा लुकेर हिड्नुपर्ने अवस्था आएको छ’ प्रचण्डले भने–‘यो अवस्था हाम्रो कमजोरी अर्थात कम्युनिष्टहरु बिचलनको बाटोमा लाग्दा सिर्जना भएको हो, मधेस आन्दोलन यसको एउटा महत्वपूर्ण आन्दोलन पनि हो ।’

विगतमा कम्युनिष्टको राम्रो प्रभाव रहेका कारण आफ्नो अधिकार जमाएर बसेका मधेसका नेतृत्व हाल आएर अर्कै वर्ग, थर र उद्देश्य बोकेका वर्गको हातमा पुग्ने खतरा कम्युनिष्टकै कारण बढेको उनको भनाई थियो ।

prachanda 1

‘पछिल्लो समय मधेसको नेतृत्व अर्कै क्षेत्रका, अर्कै वर्ग र थरका, अनि मधेसका जातजातिहरुको अधिकार नचाहने, मधेसलाई दबाउन चाहनेलाई गर्न खोजिँदैछ’ उनले भने–यो हाम्रै कारणले भएको हो, यसको नियन्त्रणमा हामी लाग्नुपर्छ ।

प्रचण्डले नयाँ शक्ति निर्माणमा लागेका डा. बाबुराम भट्टराईले शहिद, घाइते, अपांग र क्रान्तिकारी सहयात्रीलाई छाडेर विगतमा क्रान्ति र आन्दोलनका विरोधी शक्तिसँग मिलेर अघि बढ्न खोज्नु दुखद भएको बताए ।

बाबुरामले श्रमजीवी वर्गलाई धोका दिएर यथास्थितीवादीसँग सम्झौता गर्नु गलत भएको उनको भनाई थियो ।

यो पनि पढ्नुस्।

पारसकी प्रेमिका कन्निकाले भनिन्- मेरो बच्चाको बाबु पारस हो

मन्त्रीपरिषदको निर्णयः चीनको सिचुवानमा वाणिज्य दुताबास

रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा

उडेको विमानमा बम विस्फोट, एक यात्रु विमानबाट खसे, दुइ घाइते

वरिष्ठ नेता देउवाद्वारा भत्र्सना

मधेश आन्दोलन र नका अवरोध जारी रहन्छ – महन्थ ठाकुर