सचित देवकोटा

केही दिन अघि औपचारिक रुपमा नयाँ शक्तिको उदघोष गरेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुरानै भएको आरोप छ। नयाँ शक्तिमा नयाँ के छ भन्ने प्रश्न नाजायज होइन। नाम मात्रै नयाँ राखेर पुरानै शैलीकै पार्टी भए वित्थामा किन आशा गर्ने ?

आफुलाई संयोजकका रुपमा राखेर  बाबुरामले शुरु गरेका नयाँ शक्तिका विशेषतामा केहि नविन कुरा समेत उल्लेख छन्। नयाँ राजनैतिक आधारमा तयार पार्ने भन्दै शुरु गरेको नयाँ शक्तिको विस्तृत खाँका त आइसकेको छैन् तर केही फरक आइडिया भने त्यहाँ समावेश गरिएका छन्।

नयाँ शक्ति नेपालमको विशेषताका रुपमा उल्लेख गरिएको right to reject-अस्विकार गर्ने अधिकार र right to recall -फिर्ता बोलाउने अधिकार लाई नेपालको सन्दर्भमा निकै नयाँ मानिएको छ।

विश्वव्यापी रुपमा हेर्दा यो प्रावधान विल्कुल नयाँ नभए पनि धेरै  देशले प्रयोगमा ल्याइसकेका छैनन्। छिमेकी भारतमा गान्धीवादी नेता अन्ना हजारले यसलाई जोडतोडका साथ उठाएका थिए । पछि अरबिन्द केजरीवाल नेतृत्वको  आम आद्मी पार्टीले पनि यसलाई मुख्य मुद्धा बनाएको थियो। तर नेपालको सन्दर्भमा भने  यो पुरै  नयाँ हो।

के हो right to reject  र right to recall ?

उम्मेदवार अस्विकार  गर्ने अधिकार (right to reject)

भोट दिन जाँदा तपाईलाई कुनै पनि पार्टीका उम्मेदवार मन नपरे के गर्ने ? अहिलेको व्यस्थामा कसै न कसैलाई भोट हाल्नै पर्ने हुन्छ  । तर right to reject  को व्यवस्था भए तपाईले सबै उम्मेदवारलाई अस्विकार गर्न सक्नु हुन्छ। यसका लागि तपाईको मत पत्रमा अस्विकारको रुपमा नयाँ सुविधा थपिएको हुन्छ।right to reject in nepal

right to reject प्रावधानले राजनीतिक शुद्धिकरणमा ठुलो योगदान पुर्याउन सक्दछ। भ्रष्टचारको दाग लागेका वा कुनै विवादमा फसेकालाई उम्मेदवार बनाउन राजनैतिक दलहरुको निरुत्साहित हुन्छन् । अस्विकार गर्ने मतदाताको संख्याका आधारमा मतदान पक्रिया नै फेरी शुर गर्ने प्रावधान राखेर यसलाई प्रभावकारी बनाउन सकिन्छ।

right to reject को प्रावधान हाल स्पने, युक्रेन, कोलम्बिया, ग्रिस र अमेरिकाको एक राज्यमा समेत छ। पछिल्लो पटक भारतमा समेत यसको शुरुवात गरिएको छ।

right to recall (फिर्ता बोलाउने अधिकार)

आफै जिताएर पठाएका उम्मेदवार वा महत्वपुर्ण पदका रहेका व्यक्ति खराव प्रमाणित भए के गर्ने ? हालको व्यस्थामा कसै जिताएर पठाएपछी अर्को चुनावसम्म झेल्नै पर्ने हुन्छ । तर right to recall को सुविधा भएमा आफैले जिताएकाहरु वा महत्वपुर्ण पदमा रहेकाहरुलाई फिर्ता बोलाउन सक्दछन्। प्राचित एथेनियन डेमोक्रेसीमा समेत right to recall को अभ्यास गरिएको इतिहास छ।right to recall in nepal

right to recall ले महत्वपुर्ण पदमा पुगेकहरुलाई जिम्मेवार बनाउँछ। अपेक्षा अनुसार काम नभए फिर्ता बोलाइने डरले पनि उनिहरु सहज रहने संभावना रहन्छ।

हाल क्यानडा, अमेरिका, स्विजरल्याण्ड र युक्रेनमा right to recall को व्यवस्था छ।